‘कबड्डी ३’ को आक्रामक व्यापार, करोड बढी कलेक्सन « Khabarhub

‘कबड्डी ३’ को आक्रामक व्यापार, करोड बढी कलेक्सन


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यप्रधान चलचित्र ‘कबड्डी ३’ ले रिलिजको दुई दिनमा ३ करोड २५ लाख बराबरको ग्रस कलेक्सन गरेको छ । पहिलो दिन १ करोड ४७ लाख कमाएको यो फिल्मले शनिवार झनै उत्साहित व्यापार ग¥यो ।

दशैँ नजिकिँदै गर्दा रिलिज भएको यो फिल्मले बक्स अफिसमा दर्शक तान्न सफल भएको छ । लामो समयपछि हलमा नेपाली चलचित्र हेर्न दर्शकको भीड लागेको हो ।

वितरक कम्पनी स्टेशन फाइभका अनुसार यो फिल्मले दुई दिनमा अन्य फिल्मले कमाएको पुरानो रेकर्ड तोड्न सफल भएको छ ।

यो फिल्मले शुक्रबार र शनिबार उत्साहजनक व्यापार गरेको छ । फिल्मको क्रेजका कारण मल्टिप्लेक्स हलमा फिल्मको हिजै शो थपिएको थियो ।

आइतबार पनि फिल्मले उस्तै व्यापार गर्ने अनुमान गरिएको छ । यता फिल्म निर्माण टिमले चलचित्रलाई माया गरिदिएको भन्दै दर्शकलाई धन्यवाद दिएका छन् । समीक्षात्मक रुपमा समेत राम्रो प्रतिक्रिया पाएको यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

यस्तै चलचत्रिमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, रिश्मा गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रको स्किृप्ट निर्देशक रामबाबु गुरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन् । यसअघि फिल्मका दुई सिक्वेल सुपरहिट भइसकेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ८ : ४३ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले