भन्सार प्रमुखमाथि हातपात गरेको आरोपमा नगर प्रहरी निरीक्षकसहित ४ जना पक्राउ | Khabarhub Khabarhub

भन्सार प्रमुखमाथि हातपात गरेको आरोपमा नगर प्रहरी निरीक्षकसहित ४ जना पक्राउ


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

धनगढी – शनिबार राति कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितका चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नगर प्रहरीका प्रमुख समेत रहेका धामी, उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्र सिंह धामी र हवल्दार मणीदत्त भट्ट रहेका छन् ।

उनीहरूमध्ये प्रमुख धामीलाई कञ्चनपुर र अन्य तीन जनालाई धनगढी उपमहानगर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए । उनकाअनुसार भन्सार प्रमुख तिमिल्सिनाले अभद्र व्यवहार शीर्षकमा दिएको किटानी जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको हो ।

चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । नगर प्रहरी निरीक्षक धामी (प्रेसपत्र) सहितका नगर प्रहरीले शनिबार राति कैलाली भन्सार कार्यालयभित्र प्रवेश गरेर प्रमुख भन्सार अधिकृतमाथि कुटपिट गरेका थिए । उनीहरूले कुटपिट गरेको सीसीटीभी फुटेज सार्वजनिक भइसकेको छ ।

 धामीलाई धनगढी उपमहानगरले समेत २४ घण्टे स्पष्टिकरण सोधेर कारवाही प्रक्रिया अघि बढाइसकेको छ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १ : ५७ बजे

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा