कानून पालना गराउन सरकार कठोर बन्छ : मन्त्री ढकाल « Khabarhub

कानून पालना गराउन सरकार कठोर बन्छ : मन्त्री ढकाल


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले संसद्ले बनाएका कानून पालना गर्न र गराउन सरकार कठोर हुने बताएका छन् ।

संविधान दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित वृक्षरोपण तथा वृक्षसिञ्चन कार्यक्रममा मन्त्री ढकालले सार्वभौम सम्पन्न संसद्ले निर्माण गरेको संविधानअनुसार सबै प्रक्रियामा सहभागी भई संविधान दिवस नमनाउने राजनीतिक दलमाथि जनताले प्रश्न उठाउने बताए ।

हालसम्म ३३६ कानून निर्माण भएको बताउँदै उनले मौलिक हकमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न अधिकारको व्यवस्था गरिएको जानकारी गराए ।

सांसद राजेन्द्र केसीले विभिन्न कालखण्डमा संविधान निर्माण गरिएको भए पनि त्यसले जनअधिकार संरक्षण गर्न नसकेका कारण जनप्रतिनिधिले बनाएको संविधान ल्याउनु परेको विचार व्यक्त गरे ।

अर्का सांसद कृष्णगोपाल श्रेष्ठले संविधान दिवस नमान्ने दल नैतिकरुपमा सरकारबाट अलग हुनुपर्ने बताउँदै त्यस्ता नेताले सरकारी भत्ता लिन नहुने बताए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मुलुकलाई समृद्ध बनाउन महानगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार विकासलगायत क्षेत्रमा कार्यक्रम ल्याउन लागेको बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ९ : ०२ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा