उत्तेजनापूर्ण अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीलाई मानव अधिकार आयोगको आग्रह | Khabarhub Khabarhub

उत्तेजनापूर्ण अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीलाई मानव अधिकार आयोगको आग्रह


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको छ । आयोगले ‘शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानूनले निषेध गरेको छैन। यस परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ ।’ भनेकाे छ ।

विज्ञप्तिमा आयोगले ‘जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्‌नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरुप्रति लक्षित गरी मूठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जाने बताएकाे छ ।

सोमबार विज्ञप्ति जारी गर्दै आयोगले ‘जेठ १५ गते एघार बजेदेखि दुईबजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भन्नेलगायतका अभिव्यक्ति दिँदै त्यसका लागि एमाले कार्यकर्तालाई तयार रहन भनी दिएको निर्देशनपूर्ण अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासनविपरीत हुनुका साथै निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाइरहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएकाे छ- जिम्मेवार व्यक्तिले आफ्‌नो अभिव्यक्ति दिँदा संयमित हुन, अरु व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायतका क्षेत्रको शान्तिसुरक्षालाई मजबुत बनाउन तथा आफ्‌ना विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग सम्बद्ध सवै पक्षलाई आग्रह गर्दछ ।

आगामी २०८२ जेठ १५ गतेबाट राजतन्त्रसमर्थक संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा जनआन्दोलन गर्न लागेको र सोको अनुगमन गरिदिनसमेत आयाेगमा जानकारीपत्र प्राप्त भएको आयाेगले जनाएकाे छ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ४ : ०३ बजे

‘जलाशययुक्त आयोजनालाई उच्च प्राथमिकता’

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–०८३ को बजेट

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ९५ अर्ब ८१ करोड विनियोजन

काठमाडौं– सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लागि ९५ अर्ब ८१

स्वास्थ्य मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन 

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्यमा ९५ अर्ब ८१

शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब, स्वास्थ्यलाई ९५ अर्ब, सञ्चारलाई ७ अर्ब ७२ करोड

काठमाडौं- सरकारले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउदै साइबर सुरक्षा जोखिम

महिलाको नाममा उद्योग, व्यवसाय दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने

काठमाडौं– महिलाको नाममा उद्योग, व्यवसाय दर्ता र नवीकरण गर्दा शुल्क