मदन भण्डारी लोकमार्गका होटलमा जिल्ला प्रशासन कार्यालय उदयपुरको अनुगमन | Khabarhub Khabarhub

मदन भण्डारी लोकमार्गका होटलमा जिल्ला प्रशासन कार्यालय उदयपुरको अनुगमन


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय उदयपुरले मदन भण्डारी लोकमार्गका लाइन होटलहरूमा अनुगमन गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयको नेतृत्वको अनुगमन टोलीले मदन भण्डारी लोकमार्गको बसाहा र बेल्टार खण्डका होटलहरूमा अनुगमन गरेको हो । 

अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालित हलेसी लाइन होटल एण्ड पेडा भण्डारलाई ७ हजार जरिवाना समेत गरेको छ । अनुगमनका क्रममा अखाद्य बस्तु मिसिएको दही, अन्तःशुल्क दर्ता विना बेचबिखन गर्दै गरेका बियर, चुरोट, गुट्खा लगायतका सामाग्री बरामद गरिएको थियो ।

लाइन होटलमा सरसफाइ नहुने, महँगो मूल्य लिने गरेको भन्दै यात्रुहरूको गुनासो आउने गरेपछि प्रशासनले आफ्नो अनुगमनलाई तीव्र पारेको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।

अनुगमन टोलीले स्थानीय अधिकारी होटल एण्ड लाज, बबिता खाजा घर, रोडसाइड फाष्टफुड, हलेसी लाइन होटल, काठे घर, बैजनाथ बाबा पेडा भण्डार एण्ड खाजा घर, होटल रोयल एण्ड लाज, पोखरेल होटल लगायतका दश वटा होटलहरुमा अनुगमन गरेको हो ।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण, घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीको समेत सहभागिता थियो ।

अनुगमन टोलीले धेरै होटलहरुलाई सरसफाइ र गुणस्तरमा ध्यान पुर्‍याउन निर्देशन समेत दिएको थियो । 

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ५ : ०५ बजे

आईपीएल विजय उत्सवमा भीड अनियन्त्रित, भागदौडमा ११ जनाको मृत्यु

बेङ्गलुरु – बेङ्गलुरुमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सव मनाउँदै

भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

बैतडी– भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि

आजका समाचार : गृहमन्त्री विवादमा संसद् बन्धक, अग्निलाई संकट र गाजामा सहायता संस्थाबीच सम्झौता रद्द

सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिलेन, संसद् बिहीबारलाई सर्‍योबुधबार बस्ने भनिएको

कर्णालीको नीति, कार्यक्रम : अस्पतालको स्तरवृद्धिदेखि  दीर्घ रोगीलाई सहायता

सुर्खेत– कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रदेशसभामा पेश

राजावादी अब जिल्ला फर्कने नवराजको घोषणा

काठमाडौं– काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका राजावादीहरु अब जिल्लातिर फर्कने भएका