कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठूलो योगदान बागमतीको, वृद्धिदर गण्डकीको | Khabarhub Khabarhub

कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठूलो योगदान बागमतीको, वृद्धिदर गण्डकीको


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा प्रदेशगत हिसाबले सबैभन्दा धेरै योगदान बागमती प्रदेशको हुने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । 

कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष ०८१-८२ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी प्रेस नोट अनुसार चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको ३६.५२ प्रतिशत योगदान रहने भएको हो । कार्यालयले चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ६१ खर्ब सात अर्ब हुने प्रारम्भिक अनुमान गरेको छ ।

कुल गार्हस्थ्य उत्पादनमा कोशीले १५.९०, लुम्बिनीले १४.२३, मधेशले १३.१६, गण्डकीले ८.९८, सुदूरपश्चिमले ७.०३ र कर्णाली प्रदेशले ४.१९ प्रतिशत योगदान गर्ने कार्यालयको प्रारम्भिक अनुमान छ । साथै, चालु आर्थिक वर्षमा गण्डकीको प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै हुने अनुमान गरेको छ ।

कार्यालयको प्रेस नोटअनुसार चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको सबैभन्दा धेरै ५.५१ र दोस्रोमा बागमतीको ५.१८, कर्णालीको ४.७४, लुम्बिनीको ४.७०, मधेशको ४.५० र कोशी प्रदेशको ३.३४ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान छ ।

त्यस्तै, सो अवधिमा सुदूरपश्चिमको सबैभन्दा थोरै ३.३२ प्रतिशत मात्रै योगदान हुने प्रेस नोटमा उल्लेख छ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ५ : ४२ बजे

जेन–जी प्रदर्शनकारीलाई उक्साएको आरोपमा फलेवासका वडाध्यक्ष पक्राउ

पर्वत – पर्वत फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले

राष्ट्रिय बाल दिवसमा दीप प्रज्वलन, आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली

काठमाडौं – राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा आइतबार काठमाडौंको

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती