कार्यकर्ता नेताको झोला मात्र बोक्ने हैन, स्वाभिमानि बन्नुपर्छ : शेखर कोईराला | Khabarhub Khabarhub

कार्यकर्ता नेताको झोला मात्र बोक्ने हैन, स्वाभिमानि बन्नुपर्छ : शेखर कोईराला


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

फिदिम– नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीका कार्यकर्ताले नेताको झोला मात्र बोकेर नहुने बताएका छन् । आम सभा तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न पाँचथरको फालेलुङ आएका कोईरालाले कांग्रेस कार्यकर्ताहरु स्वभिमानी बन्नुपर्ने बताएका हुन् ।

‘नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेताको झोला बोक्ने र उनीहरुको पछि कुदेर मात्र हुँदै,’ कोईरालाले भने ‘कार्यकर्ताहरु स्वाभिमानि बन्नुपर्छ । आफूलाई आफैले सक्षम नेतृत्वको रुपमा स्थापित गर्नुपर्छ । नेता खुसी पार्न हैन जनतालाई खुसी बनाउने काम कार्यकर्ताले गर्नुपर्छ ।’

नेपाली कांग्रेस फालेलुङ गाँउपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले जथाभावी बोल्दै हिडेको आरोप लगाए ।

‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ,’ प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति इङ्गित गर्दै कोइरालाले भने ‘प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाण्डौ कब्जा गर्न निर्देशन दिन मिल्दैन ।’

प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोईरालाको भनाई थियो ।

आइतबार नेकपा एमाले बागमाती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले जेठ १५ गते राजधानी काठमाण्डौलाई एमालेको कब्जामा राख्न निर्देशन दिएका थिए । सोही दिन राजावादीहरुले पनि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । प्रधानमन्त्रीकै कारण देश मुठभेडतर्फ गएको कोईरालाको ठहर थियो ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ६ : ५५ बजे

ट्रम्पलाई एकसाथ तीन ठूला झट्का, मस्कले छोडेसँगै सुरू भएको हो उल्टो गन्ती ?

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला आफ्नै देशभित्र आलोचना र

आईपीएलबाट बाहिरियो गुजरात, फाइनलमा पुग्न मुम्बईले पञ्जाबसँग खेल्ने

पञ्जाब-मुम्बई इन्डियन्सले आईपीएल २०२५ को एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २०

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : रोजगारी र पर्यटनलाई प्राथमिकता

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक

अस्पतालले भन्यो : आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख छ

काठमाडौं – मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका पूर्वमन्त्री मोहम्मद आफताब

रोहितको सानदार अर्धशतकसँगै मुम्बईले गुजरातलाई दियाे विशाल लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)२०२५ को इलिमिनेटरमा मुम्बई इन्डियन्सले