लिभरपुलको विजय जुलुसको भीडमा अनियन्त्रित कार प्रवेश गर्दा दर्जनौँ घाइते « Khabarhub

लिभरपुलको विजय जुलुसको भीडमा अनियन्त्रित कार प्रवेश गर्दा दर्जनौँ घाइते


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुलको विजय जुलुसको भीडमा कार प्रवेश गर्दा दर्जनौँ घाइते भएका छन्। यसरी घाइते हुनेमध्ये चार जना बालबालिका छन्। घाइतेमध्ये २७ जना अस्पताल लगिएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

शङ्कास्पद मानिएका कार चालक भएको आरोपमा एक ५३ वर्षीय पुरुषलाई गिरफ्तार गरिएको छ। यो घटना आतङ्कवादी घटनासँग सम्बन्धित नभएको बताइए पनि अनुसन्धान भइरहेको छ।

लिभरपुलले इङ्लिस प्रिमियर लिगमा जित हात पारेपछि सहरमा विजय यात्रा गरिएको थियो। प्रधानमन्त्री केइर स्टेइमरले सो घटनाको दृश्य दुखदायी भएको बताएका छन्। उनले सिङ्गो देश लिभरपुलको साथमा रहेको प्रतिक्रिया दिएका छन्।

लिभरपुल सहरका काउन्सिल नेताले उद्धार कार्यमा संलग्न हुनेको प्रशंसा गरेका छन्। प्रशासनले घटनाको कुनै फुटेज सामाजिक सञ्जालमा पोस्ट नगर्न उल्लेख गरेको छ। सो घटनामा चार जना गाडीमा नै थिचिएका छन्।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ७ : ०७ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको