राप्रपा नेपाल केन्द्रीय समितिको विस्तारित बैठक बस्दै, आन्दोलन तयारीबारे छलफल गर्ने | Khabarhub Khabarhub

राप्रपा नेपाल केन्द्रीय समितिको विस्तारित बैठक बस्दै, आन्दोलन तयारीबारे छलफल गर्ने


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको जिल्ला अध्यक्ष सहितको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले आन्दोलन सम्बन्धी रणनीति र कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनले बैठकमा सहभागी हुन अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरू काठमाडौं आइसकेको र केही आज बिहान आइपुग्ने बताए । 

आजको बैठकमा जेठ १५ गतेदेखि सुरु गर्ने आन्दोलन केन्द्रित विषयमा मात्र छलफल हुने उनको भनाइ छ ।

आन्दोलनलाई व्यवस्थित, प्रभावकारी र शान्तिपूर्ण बनाउन बैठकमा अध्यक्ष थापाले निर्देशनात्मक अभिव्यक्ति दिने बताइएको छ । 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ७ : ३४ बजे

आईपीएल विजय उत्सवमा भीड अनियन्त्रित, भागदौडमा ११ जनाको मृत्यु

बेङ्गलुरु – बेङ्गलुरुमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सव मनाउँदै

भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

बैतडी– भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि

आजका समाचार : गृहमन्त्री विवादमा संसद् बन्धक, अग्निलाई संकट र गाजामा सहायता संस्थाबीच सम्झौता रद्द

सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिलेन, संसद् बिहीबारलाई सर्‍योबुधबार बस्ने भनिएको

कर्णालीको नीति, कार्यक्रम : अस्पतालको स्तरवृद्धिदेखि  दीर्घ रोगीलाई सहायता

सुर्खेत– कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रदेशसभामा पेश

राजावादी अब जिल्ला फर्कने नवराजको घोषणा

काठमाडौं– काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका राजावादीहरु अब जिल्लातिर फर्कने भएका