राप्रपा संसदीय दलको बैठक बस्दै, के–के छन् एजेण्डा ? « Khabarhub

राप्रपा संसदीय दलको बैठक बस्दै, के–के छन् एजेण्डा ?


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान साढे १० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, जेठ १५ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन, गृहमन्त्रीसँग जोडिएको भिजिट भिसा प्रकरणलगायत विषयमा छलफल हुने बताइएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको विषयमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा विशेष छलफल हुने शाहीको भनाइ छ ।

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा विपक्षी दलहरू गृहमन्त्रीको राजीनामा माग्ने तयारीमा छन् । 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ९ : ०६ बजे

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली