लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण | Khabarhub Khabarhub

लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको मोदी गाउँपालिकाका दुई वडालाई जोड्न लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

गाउँपालिका– ४ क्याङ र वडा नम्बर ५ बाजुङ जोड्नका लागि दुवै वडाको सिमानामा रहेको लिस्तुनखोलामा झोलुङ्गे पुल बनाइएको हो ।

मोदी गाउँपालिकाको पाँच लाख ४२ हजार ३५० र एसडब्लुएपी (स्वाप)को ३५ लाख ४६ हजार १३८ तथा उपभोक्ताको श्रमदान ८३ हजार ४३८ गरी कुल ४१ लाख ७१ हजार ९२७ को लागतमा पुल निर्माण भएको हो ।

पुलको लम्बाइ ७० मिटर लामो रहेको छ । स्वाप कार्यक्रम नेपालको सहयोगमा बनेको पुल निर्माणका लागि पर्वतको खुर्कोट युवा क्लबले प्राविधिक सहयोग गरेको थियो । ६ महिनामै पुल निर्माण सम्पन्न गरेर सोमबारदेखि सञ्चालन गरिएको मोदी गाउँपालिकाले जनाएको छ ।

पुल निर्माणपछि बाजुङ र क्याङका बासिन्दालाई आवतजावतमा सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष चामबहादुर पुनले जानकारी दिए । उनका अनुसार दुवै वडाका हजारौँ बासिन्दाका साथै पर्यटकीय गाउँ लेसपार हुँदै हप्पाल, माटेको लेक, मोहोरेडाँडा, पुनहिल जाने पर्यटकका लागि समेत सहज भएको छ ।

पुल नहुँदा यहाँका स्थानीयले हिउँदमा अस्थायी फड्के राखेर खोला तर्दै आएका थिए तापनि बर्खायाममा दुवैतर्फका आवतजावत ठप्प बनेको थियो । अब भने बाह्रैमास खोला वारपार गर्न सहज भएको अध्यक्ष पुनले जानकारी दिए ।

यसैबीच, निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको सोमबार मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले उद्‌घाटन गरिन् । पुल उद्‌घाटन गर्दै शर्मा खोला वारपार गर्न वर्षौंदेखि समस्या खेप्दै आएका बाजुङ र क्याङका बासिन्दालाई यो पुलले राहत मिलेको बताइन् ।

सडक मार्गको पहुँच पुग्न नसकेको यहाँका बासिन्दालाई सुविधा पुर्‍याउनका लागि झोलुङ्गे पुल निर्माण गर्न सहयोग गर्न स्वाप कार्यक्रम नेपाललाई धन्यवाद दिँदै नागरिकले असहज महसुस गरेका अन्य खोलानालामा पनि पुल निर्माण कार्यलाई अघि बढाइने उनको भनाइ छ ।

पुल निर्माण उपभोक्ता समितिका सचिव तीर्थबहादुर पुनले पुल निर्माणपछि कृषकलाई बर्खायाममा घाँसदाउरा ओसार्न, गाईवस्तुलाई खोला तार्न र यस पदमार्ग हुँदै पर्यटकीयस्थलहरूमा जाने पर्यटकका लागि हिँड्डुलमा सहज भएको बताए ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  १२ : १५ बजे

बाजुराको स्वामीकार्तिक खापरमा कृर्षि प्रवर्द्धन केन्द्र निमार्ण हुँदै

काठमाडौं – बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा

पर्यटन प्रवर्द्धन गर्न खाँदबारीमा ‘खाना महोत्सव’

सङ्खुवासभा – जिल्ला सदरमुकाम खाँदबारीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि

अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न

नख्खु कारागारबाट छुटे अफताव आलम

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम रिहा भएका

अफताव आलमलाई सफाइ : पिन्टु र ओसी खोई त ?

काठमाडौं– दोस्रो जनआन्दोलन पश्चात ०६४ चैत २८ गते संविधानसभाको चुनावको