हिमालको संरक्षण हाम्रो साझा कर्तव्य हो : मन्त्री पाण्डे  | Khabarhub Khabarhub

हिमालको संरक्षण हाम्रो साझा कर्तव्य हो : मन्त्री पाण्डे 


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य रहेको उद्घोष गरेका छन् ।

एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले हिमाल आरोहणमा सफलता हासिल गर्ने सम्पूर्ण समिटियरहरूप्रति बधाई दिँदै हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औँल्याएका हुन्  ।

सम्मेलनमा सम्बोधन गर्दै मन्त्री पाण्डेले भने, ‘हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ।’ 

उनले शेर्पा समुदाय, गाइड, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पुर्‍याउने सबैप्रति विशेष सम्मान समेत व्यक्त गरे। ‘उहाँहरूको समर्पणले पर्वतीय यात्राहरूलाई सुरक्षित, प्रकृतिप्रति संवेदनशील र अझ अर्थपूर्ण बनाएको छ,’ मन्त्री पाण्डेले थपे ।

सरकार पर्वतारोहणको प्रवर्द्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री पाण्डेले बताए । साथै, पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन प्रतिबद्ध रहेको पनि उनले जनाए । 

मन्त्री पाण्डेले हिमालयलाई केवल भौगोलिक पर्वत नभई सभ्यता, संस्कृति र सहजीवनको सेतुका रूपमा चित्रित गर्दै भने, ‘यी हिमालहरू पवित्र छन्, र तिनीहरूलाई सुरक्षित राख्नु हाम्रो साझा जिम्मेवारी हो ।’

जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण हिमाली भविष्य संकटमा परेको उल्लेख गर्दै उनले भने, ‘अब समय आएको छ, हामीले सावधानी, बुद्धिमत्ता र सम्मानपूर्वक यी हिमालहरूको संरक्षण गर्न आवश्यक छ।’

उनले सम्पूर्ण मानव समाजलाई हिमालप्रतिको प्रतिबद्धता नवीकरण गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे । सम्मेलनका क्रममा स्वदेशी देखि विदेशी पर्वताराेहीलाई सम्मान समेत गरेका थिए । 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  १ : २४ बजे

आरिफको उत्कृष्ट अर्धशतकमा नेदरल्याण्डविरुद्ध नेपालको शानदार जित

काठमाडौं – आइसिसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो

जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनतालाई

संविधान संशोधनको प्रक्रिया प्रक्रिया सुरू गर्नुपर्‍यो : नेता डा कोइराला

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले वर्तमान

सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न आदेश

काठमाडौं – सर्वोच्च अदालतले सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न

अब हुलाक टिकटमा रायोको सागदेखि असला माछासम्म…

काठमाडौं – सबैको जिज्ञासा हुन सक्छ, हुलाक टिकटमा केके पाइन्छ