आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने तालिका अनिश्चित | Khabarhub Khabarhub

आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने तालिका अनिश्चित


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा आज प्रस्तुत गर्ने भनिएको आर्थिक सर्वेक्षण अनिश्चित बनेको छ । 

प्रतिपक्षमा रहेका दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरेपछि आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण कार्यतालिका अनिश्चित बनेको हो ।

आज प्रतिनिधिसभामा पर्यटन, ऊर्जा र वनमन्त्रीले मन्त्रालयगत प्रश्नोत्तर, कृषि समितिको प्रतिवेदन पेश गर्ने लगायतका कार्यक्रम रहेका थिए । प्रतिपक्ष दलहरूको संसद् अवरोधका कारण आज संसदको कार्यसूचीमा रहेका सबै कार्यक्रम प्रभावित बन्न पुगेका छन् ।

अर्थमन्त्रीको सचिवालयले प्रतिनिधिसभा अवरुद्ध भएको अवस्थामा आर्थिक सर्वेक्षण कसरी सार्वजनिक गर्ने भन्ने विषयमा अहिलेसम्म कुनै वैकल्पिक विषयमा छलफल नभएको खबरहबलाई जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ४ : ०१ बजे

इजरायली आक्रमणमा इरानका राष्ट्रपति घाइते भएको रिपोर्ट सार्वजनिक

काठमाडौं – गत महिना भएको इजरायली आक्रमणमा परेर इरानका राष्ट्रपति

प्रतिनिधिसभा बैठक बस्दै,सम्बन्धित मन्त्रीहरुले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) पनि बस्दैछ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

भारत र इङ्गल्यान्डको टेस्ट रोमाञ्चक मोडमा : एकै दिन १४ विकेट गयो

काठमाडौं – एकै दिन १४ विकेट पतन भएपछि भारत र

चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि

न्यु जर्सी – यस वर्ष सानदार फर्ममा रहेको (पिएसजी) लाई