लिङ्देनको आशंका- प्रधानमन्त्रीकै निर्देशनमा सरकारले जेठ १५ गतेको कार्यक्रम भड्काउने योजना बनायो | Khabarhub Khabarhub

लिङ्देनको आशंका- प्रधानमन्त्रीकै निर्देशनमा सरकारले जेठ १५ गतेको कार्यक्रम भड्काउने योजना बनायो


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गते हुने आफुहरुको पूर्वनिर्धारित कार्यक्रमलाई भड्काउन खोजिएको बताएका छन्।

जेठ १५ राजावादीले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै अध्यक्ष लिङ्देनले रत्नपार्कमा कार्यक्रम घोषणा गर्दा प्रधानमन्त्रीले त्यहीँनजिकै जम्मा भएर प्रतिवाद गर्न निर्देशन दिनुले कार्यक्रम भड्काउन खोजिएको दाबी गरे ।

उनले सरकारको तर्फबाट मुठभेट निम्ताउने क्रियाकलाप भएको आरोप लगाए । अध्यक्ष लिङ्देनले आफुहरुको कार्यक्रम शान्तिपूर्ण हुने भन्दै कार्यक्रमलाई आयोजकको नियन्त्रणमा राख्न दुई हजार भन्दाबढी स्वयंसेवक परिचालन गर्ने जानकारी दिए ।

राजावादीको तर्फबाट हिंसा भड्काउने कुनै प्रकारको गतिविधि नहुने उनले बताए । राजनीतिक स्वार्थका लागि नभइ नेपालका लागि भोटको राजनीतिभन्दा माथि रहने अभिभावकीय संस्था राजा रहनुपर्नेमा जोड दिएको बताए ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताए । तर आफूहरूका लागि पात्र भन्दा पनि राजसंस्था महत्वपूर्ण रहेको उनले बताए ।

उनले संविधानले कुनै पनि राजनीतिक दल र दलका गतिविधिहरूलाई प्रतिवन्ध लगाउन नपाउने व्यवस्था गरेको भन्दै आफूहरूले निर्वाध रुपमा आफ्नो गतिविधि गर्न पाउनुपर्नेमा जोड दिए ।

आफूहरूको आन्दोलन नितान्त शान्तिपूर्ण हुने भन्दै प्रशासनसँग भिडन्त गर्ने पक्षमा नरहेको जिकिर पनि थापाले गरेका छन्।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ५ : ०७ बजे

बाजुराको स्वामीकार्तिक खापरमा कृर्षि प्रवर्द्धन केन्द्र निमार्ण हुँदै

काठमाडौं – बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा

पर्यटन प्रवर्द्धन गर्न खाँदबारीमा ‘खाना महोत्सव’

सङ्खुवासभा – जिल्ला सदरमुकाम खाँदबारीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि

अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न

नख्खु कारागारबाट छुटे अफताव आलम

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम रिहा भएका

अफताव आलमलाई सफाइ : पिन्टु र ओसी खोई त ?

काठमाडौं– दोस्रो जनआन्दोलन पश्चात ०६४ चैत २८ गते संविधानसभाको चुनावको