एमाले महासचिव भन्छन्- अब विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्छ « Khabarhub

एमाले महासचिव भन्छन्- अब विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्छ


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्ने बताएका छन् । पार्टीका सबै विभागका सबै सदस्यहरूको विस्तारित भेला-बैठकलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले गणतन्त्र प्राप्तिपछि केही पनि नभएको भ्रम चिर्न गणतन्त्र प्राप्तिपछि सामाजिक, सास्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिकलगायतमा भएका उपलब्धिबारे नयाँ पुस्तालाई जानकारी दिन विद्यालय शिक्षामा गणतन्त्र र यसका उपलब्धि पढाउनुपर्ने बताए ।

गणतन्त्रपछि जन्मिएका बच्चाहरूले बलिदानीपूर्ण सङ्घर्षबाट लोकतन्त्र-गणतन्त्र स्थापना भएको जानकारी दिन पनि विद्यालय शिक्षामै लोकतन्त्र र गणतन्त्रबारे पढाउनु पर्ने पनि उनले उल्लेख गरे ।

उनले त्यहाँ सम्बोधन गर्दै संविधान संशोधन गरेर भए पनि नागरिकस्तरमै उत्सवका रुपमा लोकतन्त्र(गणतन्त्र दिवस मनाउनु पर्नेमा पनि जोड दिए । यो पटक एमालेले गणतन्त्र दिवसलाई जेठ १५ मा जनताको उत्सवको दिनका रुपमा मनाउने तयारी गरेको पनि उनले उल्लेख गरे ।

महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने सबै गतिविधि जनम्प्रभुता र जनताविरुद्धका गतिविधि हुन् भन्ने कुरामा आमजनतालाई बुझाउने अभियानका रूपमा जेठ १५ मा उत्सव मनाउन लागेको उल्लेख गरे ।

जेठ १५ मा मनाउने उत्सव कसैको विरोधमा लक्षित नभएको भन्दै उनले गणतन्त्र नेपाली जनताको भन्दै सबै भन्दा ठूलो उत्सव भएकाले जनताको विजयका रुपमा मनाउन लागेको जानकारी दिए ।

उनले जनताको बलिदानी सङ्घर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र जोगाउन पनि जनताले यो दिन हाम्रो दिन हो भन्ने अनुभूति दिलाउन एमालेले उत्सवका रुपमा झाँकीसहित मनाउन लागेको जानकारी दिए ।

लोकतन्त्रले के दियो ? भनेर राजावादीहरूले चलाएका हल्लाले पनि समस्या भएको भन्दै त्यसलाई चिर्नुपर्ने उनले बताए ।

लोकतन्त्र जनताको शासन हो भन्ने स्थापित गर्ने एमाले सबैभन्दा अग्रपङ्तिमा रहेको उनले बताएका छन् ।

राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा बढी खटिरहेको र सबैभन्दा बलियो शक्ति पनि एमाले नै भएकाले अहिले सबैभन्दा बढी प्रहार एमालेमाथि भइरहेको उनले बताए । पोखरेलले एमालेको उज्यालो भविष्यमाथि भइरहेको प्रहारलाई सामना गर्नुपर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ५ : ५४ बजे

आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल

सीईओ पक्राउपछि एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली

यी हुन् कायम भएका १८ मन्त्रालय (सूचीसहित)

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

कास्की – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट

हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए सूचना

त्रिशुली – नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर