विदेश बस्ने आफन्तलाई कोसेली गलेश्वरको 'रातो च्याउ' | Khabarhub Khabarhub

विदेश बस्ने आफन्तलाई कोसेली गलेश्वरको ‘रातो च्याउ’


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– यहाँको लेकाली क्षेत्रको जङ्गलमा पाइने रातो च्याउ सहर र विदेशमा रहेका आफन्तलाई पठाउने आकर्षक कोसेली बन्न थालेको छ ।

औषधीय गुण र स्वादले युक्त रातो च्याउ धेरैको रोजाइमा पर्ने गरेको हो । पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देश पुगेका आफन्त र यहाँ घुम्न आउने पर्यटकले रातो च्याउ कोसेलीका रूपमा लैजाने गरेका छन् ।

जिल्लाको धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका उपल्लो क्षेत्रमा रातो च्याउ पाइन्छ । जेठको पहिलो सातादेखि साउनसम्म च्याउ पाइने मालिका गाउँपालिका– ५ का इलमी बुढामगरले बताए । 

‘बुहारी र नाति नातिनी अहिले जङ्गलमा गएर च्याउ टिप्न व्यस्त छन् । दैनिक तीन/चार किलो च्याउ टिपेर ल्याउँछन्’, बूढाले भने ‘केही घरमा खान्छौँ, केही बजारमा बेच्न पठाउँछौँ, धेरैजसो बेनी, पोखरा, काठमाडौँमा रहेका आफन्तहरू विदेशमा गएका आफन्तलाई कोसेलीको रूपमा पठाउने गर्छौँ ।’ आलो रातो च्याउ बजारमा आठ सयदेखि एक हजार दुई सय रुपैयाँ सम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए ।

धवलागिरि गाउँपालिका– ४ की तारा विकले जापानमा रहेका छोरालाई केही दिन अघि दुई किलो रातो सुकाएको च्याउ कोसेली पठाइन् । जेठ लागेयता उनले १४ किलो च्याउ सङ्कलन गरेर बिक्री गरी १५ हजार बढी आम्दानी गरेकी छन् । बजारमा रातो च्याउ बिक्रीको समस्या नभएको उनको भनाइ छ ।

जिल्लाका लेकाली क्षेत्रमा पाइने च्याउ शुद्ध प्राकृतिक  र पौष्टिक हुने भएकाले सहरका बासिन्दा जङ्गलको च्याउ खरिद गर्न गाउँतिर आउने गरेको स्थानीय बताउँछन् । –रासस

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : ४७ बजे

बाढीले नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध : एउटा पिकअप भ्यान बगायो

नवलपरासी – नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा

राइड सेयरिङको कानुनी मान्यताविरुद्ध विरोध : गण्डकीमा यातायात ठप्प

पोखरा – गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ

पूर्व-पश्चिम राजमार्ग : दाउन्नेमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगायो

काठमाडौं – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दुम्किबास र दाउन्नेमा निर्माण गरिएको

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं – यो साता कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको

बजेटको प्राथमिकतामा कञ्चनपुरमा सात आयोजना : खप्तड पदयात्रा सञ्चालन गरिने

कञ्चनपुर – कञ्चनपुरमा सात वटा आयोजनाका लागि बजेट सुनिश्चित भई