योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेट | Khabarhub Khabarhub

योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेट


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । 

आज सिंहदरबारस्थित आयोगमा भएको भेटवार्तामा मुलुकको वित्त नीति र मौद्रिक नीतिबीच तादम्यता र अन्तरसम्बन्धका विषयमा छलफल भएको उपाध्यक्ष अधिकारीको सचिवालयले जनाएको छ ।

आर्थिक नीति र मौद्रिक नीतिलाई सामञ्जयपूर्ण ढङ्गले कसरी अघि बढाउन सकिन्छ भन्नेबारे छलफल भएको थियो । मुलुकको अर्थतन्त्रमा कोभिड–१९ महामारी तथा विभिन्न प्राकृतिक विपद्बाट परेको असर न्यूनीकरण गर्दै सोह्रौँ आवधिक योजनाले लक्षित गरेअनुरूपको उच्च, दिगो तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न अवलम्बन गर्नुपर्ने रणनीतिबारे छलफल भएको हो ।

छलफलका क्रममा आयोगका उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्राथामिकिकरण, आयोजना बैङ्कको प्रभावकारी कार्यान्वयन तथा मध्यमकालिन खर्च संरचनालगायत विषयमा आयोगबाट भए गरेका सुधारका कार्यको बारेमा जानकारी गराएका थिए ।

त्यस्तै राष्ट्र बैङ्कका गभर्नर पौडेलले  पूर्वाधार विकासमा निजी क्षेत्रलाई प्रवर्द्धन गर्दै लगानीको वातावरण सिर्जना गर्न राष्ट्र बैङ्कले सहजीकरण गर्ने प्रतिबद्धता जनाए । -रासस

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : ५३ बजे

बाजुराको स्वामीकार्तिक खापरमा कृर्षि प्रवर्द्धन केन्द्र निमार्ण हुँदै

काठमाडौं – बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा

पर्यटन प्रवर्द्धन गर्न खाँदबारीमा ‘खाना महोत्सव’

सङ्खुवासभा – जिल्ला सदरमुकाम खाँदबारीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि

अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न

नख्खु कारागारबाट छुटे अफताव आलम

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम रिहा भएका

अफताव आलमलाई सफाइ : पिन्टु र ओसी खोई त ?

काठमाडौं– दोस्रो जनआन्दोलन पश्चात ०६४ चैत २८ गते संविधानसभाको चुनावको