५० वर्षमा पहिलो पटक क्यानडाको संसद्‌‌मा बेलायती राजाको सम्बोधन | Khabarhub Khabarhub

५० वर्षमा पहिलो पटक क्यानडाको संसद्‌‌मा बेलायती राजाको सम्बोधन


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

क्यानडा – राजा चार्ल्सले क्यानडाको संसद्‌‌ सम्बोधन गर्दै कुनै पनि देशसँगको सम्बन्धको अस्थायी हुने भए पनि राष्ट्रको सार्वभौमिकता स्थायी र महत्त्वपूर्ण भएको कुरामा जोड दिएका छन्। राजा चार्ल्सले मंगलबार क्यानडाको संसद्को उद्घाटन गर्दै सो कुरा बताएका हुन्।

क्यानडामा ५० वर्षमा पहिलो पटक क्यानडाको संसद्को उद्घाटनको क्रममा बेलायती राजाले सम्बोधन गरेका हुन्। अप्रिल महिनामा भएको आम निर्वाचनमा सफलता पाउँदै प्रधानमन्त्री भएका मार्क कार्नीको नीतिलाई प्राथमिकतामा राख्दै उनले सम्बोधन गरेका थिए।

क्यानडाका संसद्‌‌मा राजाले यसअघि पहिलो पटक सन् १९५५ मा सम्बोधन गरेका थिए। एलिजाबेथ द्वितीयले पहिलो पटक स्वतन्त्र क्यानडामा सम्बोधन गरेकी थिइन्।

राजा चार्ल्सले सो सम्बोधनको क्रममा क्यानडाले अस्वाभाविक चुनौतीको सामना गरी रहेको बताए। उनले देशको आवश्यकता अनुसार साझेदार देशसँगको सम्बन्धमा परिवर्तन हुने कुरा बताए।

उनले कार्नीको नयाँ अर्थ नीतिको समेत प्रशंसा गरेका छन्। कार्नीले १ जुलाई देखि लागु हुने गरी धेरै नीति लिएका छन्। कार्नीको सो नीतिले क्यानडाका अर्थतन्त्र तेजीतर्फ उन्मुख हुने बताएका छन्। त्यहाँका हाउजिङ क्षेत्रमा आएको समस्या समाधान तथा अपराध न्यूनीकरणका विषयमा पनि छलफल गरेका छन्।

कार्नीले क्यानडाले रक्षा खर्च गर्ने नीतिको बारे पनि चर्चा गरेका छन्।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : ५९ बजे

गड्डाचौकी नाकाबाट आउने विदेशी पर्यटक बढ्दै

कञ्चनपुर– छिमेकी मुलुक भारतसँग जोडिएको पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल

जेन-जी आन्दोलन : घाइतेको स्वास्थ्यस्थिति बुझ्न शिक्षामन्त्री अस्पतालमा

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज ट्रमा सेन्टर

‘इरान र अन्तर्राष्ट्रिय परमाणु उर्जा निकायबीचको सहमति संकटमा’

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले पुनः प्रतिबन्ध लागू गरेमा, इरान र अन्तर्राष्ट्रिय

वर्तमान सरकार जनताको मतबाट आएको हैन : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान

आइतबार एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १