एमाले भृकुटीमण्डप र रत्नपार्कमा, राजावादी कता ! « Khabarhub

जेठ १५ को तयारी

एमाले भृकुटीमण्डप र रत्नपार्कमा, राजावादी कता !

राप्रपा नेता भन्छन्– विद्रोह हो, सिडियोसँग अनुमति लिनुपर्दैन


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विहीबार गणतन्त्र दिवसका दिन काठमाडौंमा राजावादी दलहरु र सत्तारुढ नेकपा एमालेका बेग्लाबेग्लै प्रदर्शन हुने भएका छन् । सत्तारुढ एमालेका नेता–कार्यकर्ताहरुले गणतन्त्रको पक्षमा भृकुटीमण्डपदेखि रत्नपार्कसम्म सांस्कृतिक झाँकी देखाउने तयारी गरेका छन् । राजावादीहरुले पनि रत्नपार्कमै गणतन्त्रविरुद्ध प्रदर्शन गर्ने बताएका छन् ।

राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ संगठनले गणतन्त्र दिवसका दिन राजधानीमा प्रदर्शन गर्ने घोषणा केही हप्ता अगाडिदेखि नै गरेका हुन् । तर, यसैसाता प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते केही घण्टा काठमाडौं एमालेको कब्जामा हुनुपर्ने घोषणा गरेपछि परिस्थिति गर्माएको छ ।

यसैबीच कमल थापा, राजेन्द्र लिङदेन, केशरबहादुर विष्ट, नवराज सुवेदी लगायतका नेताहरुले मंगलबार नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा सम्पादकहरुसँग कुराकानी गर्दै १५ गतेको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् । उनीहरुले ‘काठमाडौं एमालेको कब्जामा हुने’ प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने भएता पनि प्रधानमन्त्रीको अभिव्यक्तिले राज्य दमनमा उत्रने सम्भावना देखिएको भन्दै राजावादी नेताहरुले चिन्ता व्यक्त गरे ।

उता, नेकपा एमालेले पनि मंगलबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर जेठ १५ गते भृकुटीमण्डप आसपासको क्षेत्रमा गणतन्त्र दिवस मनाइने जानकारी दिएको छ ।

गणतन्त्र दिवसको तयारी भेलालाई सम्वोधन गर्दै एमाले नेता योगेश भट्टराई

एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीले दिएको जानकारी अनुसार एमालेले भृकुटीमण्डप, भद्रकाली, सहीदगेट सुन्धारा हुँदै रत्नपार्कको शान्तिवाटिकासम्म गणतन्त्रको उत्सवका रुपमा सांस्कृतिक झाँकीहरु प्रदर्शन गर्नेछ ।

राप्रपाको प्रदर्शन कहाँ ?

विहीबारको प्रदर्शनमा राप्रपा र राप्रपा नेपालले सहभागिता जनाएता पनि आन्दोलनको मुख्य आयोजक भने नवराज सुवेदी संयोजक रहेको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ हो । समितिले विहीबारको प्रदर्शन रत्नपार्क शान्तिवाटिकामा गरिने बताएको छ ।

मंगलबार सम्पादकहरुसँगको कुराकानीमा राप्रपा नेता राजेन्द्र लिङदेनले विहीबारको प्रदर्शन भद्र अवज्ञा एवं जनविद्रोह भएकाले त्यसका लागि कुनै स्थान तोकेर जिल्ला प्रशासन कार्यालयमा अनुमति लिइरहनु नपर्ने बताए । आन्दोलन उपत्यकाको जुनसुकै ठाउँबाट हुन सक्ने उनले बताए ।

जेठ १५ को कार्यक्रममा सहभागी हुन काठमाडौंबासीलाई निम्तो बाँड्दै राप्रपा नेताहरु

राजावादी र एमालेको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था कायम गर्न ४५ सय सुरक्षाकर्मीहरु खटाउने गृह प्रशासनको तयारी छ ।

प्रदर्शन शान्तिपूर्ण हुने आयोजकहरुले बताइरहँदा प्रदर्शनका कारण विहीबार काठमाडौंको ट्राफिक व्यवस्थापनमा प्रभाव पर्ने र यसको असर सर्वसाधारण नागरिकको व्यवसायमा पर्न सक्ने देखिएको छ ।

गणतन्त्र दिवसको दिन भएकाले विहीबार सरकारी कार्यालयहरु भने बन्द रहनेछन् ।

उता संसदमा विहीबार नै नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । तर, विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै संसद चल्न नदिएको अवस्था छ ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १० : ३२ बजे

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौं– मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर

सुदूरपश्चिम पुगेर विश्वप्रकाशले भने : देउवालाई सम्मान, गगनको हातमा शासन

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका निवर्तमान सभापति शेरबहादुर

 विस्तार गौरवको योजना सूर्यविनायक-धुलिखेल सडक

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार

‘सडक मानव’को हुलियामा नायक बिपिन, नयाँ फिल्मको पात्र सार्वजनिक गरेका हुन् ?

काठमाडौं – पात्र निर्माणमा माहिर अभिनेता बिपिन कार्कीले ‘सडक मानव’

काठमाडौंमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि