गृहमन्त्रीलाई लिएर देउवा पुगे बालुवाटार | Khabarhub Khabarhub

गृहमन्त्रीलाई लिएर देउवा पुगे बालुवाटार


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले मङ्गलबारको संसद बैठक अवरुद्ध गरेपछि छलफलका लागि देउवा लेखकलाई लिएर प्रधानमन्त्री निवास पुगेका हुन् ।

सरकारले भोलि संसदमा आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा विपक्षीको अवरोध हटाउन सरकारमाथि चर्को दबाब छ ।

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । मङ्गलबारको संसद बैठक अवरोधपछि समस्या समाधानका लागि सभामुख देवराज घिमिरेले दलका प्रतिनिधिहरूसँग छलफल गरेपनि विपक्षीहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान यथावत राखेपछि आजको बैठक पनि सुचारु हुने सम्भावना कम रहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १० : ४८ बजे

पार्टीका नेता–कार्यकर्ताले सभापतिका रूपमा हेर्न चाहनुभएको छ : प्रकाशमान सिंह

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह काठमाडौँ निर्वाचन क्षेत्र

मधेसको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त

जनकपुरधाम– मधेस प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष २०८१-८२ मा लामो

यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ मा पर्ने पौवास्थित भित्री सडकखण्डमा यात्रुबाहक

पाटन दरबार स्क्वायर क्षेत्रमा ‘कोरा साइकल च्यालेन्ज’

काठमाडौं – आज पाटन दरबार स्क्वायर क्षेत्रमा ‘कोरा साइकल च्यालेन्ज’

युक्रेनमा रूसी ड्रोन आक्रमण, एक जनाको मृत्यु

एजेन्सी – युक्रेनको ओडेसा शहरमा शुक्रबार राति भएको रूसी ड्रोन