पर्यटक लोभ्याउँदै अन्नपूर्ण आधार शिविर क्षेत्र (तस्बिरहरू) « Khabarhub

पर्यटक लोभ्याउँदै अन्नपूर्ण आधार शिविर क्षेत्र (तस्बिरहरू)


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण हिमाल आधार शिविर जाने पर्यटकको चहलपहल बढेको छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकका कारण आधार शिविर गुलजार बनेको छ ।

आरोहीहरू आधार शिविर क्षेत्रमा टेन्ट टाँगेर बसेका छन् । आरोहण टोलीका साथै आन्तरिक पर्यटकहरूको पनि आधार शिविरमा आगमन शुरु भएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले जानकारी दिए । समुन्द्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा आरोहीका साथै घुमघामका लागि आन्तरिक पर्यटकहरू पनि आउने गर्छन् ।

मिस्त्री खोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न सकिन्छ ।

छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रंगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १२ : २१ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको