प्रतिपक्षको निर्णय : गृहमन्त्रीले राजीनामा दिनुपर्ने, बजेट भने नरोक्ने  « Khabarhub

प्रतिपक्षको निर्णय : गृहमन्त्रीले राजीनामा दिनुपर्ने, बजेट भने नरोक्ने 


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षमा रहेका राजनीतिक दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआउँदासम्म सदन चल्न नदिने निर्णय गरेका छन् । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको प्रमुख प्रतिपक्षी दलका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’को च्याम्बरमा बसेको प्रतिपक्षी दलको बैठकले यस्तो निर्णय गरेको हो । 

उक्त बैठकले बजेटका विषयमा भने सकारात्मक हुने पनि निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने, ‘गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने तर बजेटका सम्बन्धमा सकारात्मक रहने निर्णय भएको छ ।’

उनले गृहमन्त्री लेखकको राजीनामा नभएसम्म बजेटबाहेकको संसद्को कारबाहीलाई चल्न नदिने निर्णय गरेको पनि जानकारी दिए । 

‘एयरपोर्टमा सरुवा गरेका सचिव नै प्रत्यक्ष जोडिएको प्रमाण पनि आइसकेपछि गृहमन्त्री पदमा बसिरहँदा थप प्रमाण नष्ट हुन सक्ने ठहर भयो,’ आचार्यले भने, ‘उहाँकै सचिवालय पनि जोडिएको हुनाले उहाँसम्म पनि छानबिन गर्नका लागि सहज बाटो खोलिदिनका लागि राजीनामा दिन उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकाल्यो ।’

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  १ : ४१ बजे

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल