भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : सांसद पराजुली « Khabarhub

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : सांसद पराजुली


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।  

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा वर्तमान मन्त्रीपरिषद्का मन्त्री जोडिएकाले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन् । 

उनले अख्तियारले स्वतन्त्र रूपमा अनुसन्धान गर्न नपाउने हो कि भन्ने आशङ्का उत्पन्न भएकाले गृहमन्त्री राजीनामाका साथै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गर्नुपर्ने आफूहरूको बटमलाइन भएको स्पष्ट पारे  ।

सांसद पराजुलीले प्रतिनिधिसभामा सभामुखको भूमिकाप्रति समेत आपत्ति जनाए । सत्तापक्ष सांसद वा गृहमन्त्रीलाई बोल्न दिने भए मात्रै प्रतिपक्षीलाई बोल्न नदिने भन्दै सभामुखले बार्गेनिङ गरेको उनले बताए । 

सांसद पराजुलीले आफूहरूको माग यथावत् रहेकाले त्यसलाई सम्बोधन नभएसम्म सदन चल्न नदिने जिकिर गरे । 

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  २ : १० बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र