ज्ञानेन्द्र शाहीले भने- भोलि कुनै घटना भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ | Khabarhub Khabarhub

ज्ञानेन्द्र शाहीले भने- भोलि कुनै घटना भए प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बिहीबार (भोलि) आफूहरूले गर्ने कार्यक्रममा कहीँ हिंसा भए त्यसको सबै जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीमाझ शाहीले संविधान र कानून उल्लंघन गर्दै उत्तेजक भाषण दिएर मान्छे भिडाएर प्रधानमन्त्रीले युद्ध गर्न खोजेको आरोप लगाए ।

उनले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ कुनै पनि घटना भए त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ । राष्ट्रिय मानव अधिकार आयोगले समेत विज्ञप्ति निकालिसकेको छ ।’

उनले आफ्नो कार्यक्रम रत्नपार्कको शान्तिबाटीकामा हुने दाबी गरे । उनले प्रधानमन्त्रीलाई सडकमा आउने भए राजीनामा दिएर आउन आग्रह गरे ।

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  २ : १४ बजे

गोंगबु बसपार्कमा गाउँ फर्कनेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– महान चाड दशैं आँगनमै आइसकेको छ । यतिबेला काठमाडौं

प्रेमलाई विवाहमा परिणत गरे नायक सविन र नायिका अनुले

काठमाडौं – नायक सविन श्रेष्ठ र नायिका अनु शाहले विवाह

‘राष्ट्रको भौगोलिक अखण्डता र सार्वभौमसत्ता संकटमा’

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले अहिले राष्ट्रियता, भौगोलिक

‘आँबाट आमा’को छायाङ्कन सकेलगत्तै चन्द्रले अर्को फिल्ममा लिए पललाई

काठमाडौं – निर्देशक चन्द्र पन्तले फिल्म ‘आँबाट आमा’को छायाङ्कन सम्पन्न

माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान

पोखरा– मनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ