भिजिट भिसामा विदेश गएका नेपालीलाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन सोविताको आह्वान | Khabarhub Khabarhub

भिजिट भिसामा विदेश गएका नेपालीलाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन सोविताको आह्वान


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले भिजिट भिसामा विदेश गएका नेपालीलाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन आह्वान गरेकी छन् । 

गृहमन्त्री रमेश लेखक नै विवादमा परेपछि उनले भिजिट भिसामा विदेश गएका नेपालीलाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन आह्वान गरेकी हुन् ।  

सांसद गौतमले भिजिट भिसामा गएका नेपालीलाई आफू विदेश जाँदा अध्यागमन कार्यालयमा दिइएको घुसको विवरण उपलब्ध गराइदिन समेत आग्रह गरेकी छन् । 

‘भिजिट भिसाामा विदेश जानुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध छ ः विदेश जानुअघि वा पछि तपाईँलाई कसले, कुन माध्यमबाट, कुन खातामा कति घुस तिर्न बाध्य बनायो ?,’ उनले फेसबुकमा लेखेकी छन्, ‘यदि तपाईँसँग प्रमाण छ भने, कृपया मलाई सोविताआरएसपी एटदरेट जिमेल डटकम ( [email protected]) मा पठाइदिनुहोस् ।’

सांसद सोविताले अन्याय सहेर बस्ने नभएर बोल्ने र बदल्ने समय आएको पनि फेसबुकमा भनेकी छन् । ‘अन्याय सहेर बस्ने होइन, बोल्ने र बदल्ने समय आएको छ । भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हौँ,’ उनले लेखेकी छन् ।

यस्तो छ उनको स्ट्याटस :

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  २ : ३१ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

राँझा– हुलाकी सडक र राप्ती नदीमा पुल निर्माण भएपछि बाँकेको राप्ती

चीनमा खेले रोबोटहरूले बक्सिङ, एआई टिमले जित्यो उपाधि

काठमाडौं– प्रविधि अब काम वा अनुसन्धानमा मात्र सीमित रहेन, मनोरञ्जनको

पर्वतमा काँक्रोको बीउबाट मनग्य आम्दानी

पर्वत– पर्वतका विभिन्न गाउँमा काँक्रोको बीउका लागि व्यावसायिक रूपमा खेती

मुग्लिन-पोखरा सडक विस्तार : विजयपुरमा यसरी हुँदैछ काम (तस्बिरहरू)

काठमाडौं– काठमाडौंलाई पोखरासँग जोड्ने मुग्लिन-पोखरा सडक विस्तारको काम धमाधम भइरहेको