भिजिट भिसाबारे गृहमन्त्रीकाे स्पष्टीकरण (लाइभ) « Khabarhub

भिजिट भिसाबारे गृहमन्त्रीकाे स्पष्टीकरण (लाइभ)

म माथिको आक्रमण राजनीतिक आक्रमण हो : गृहमन्त्री लेखक


१४ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफूमाथिको लाञ्छना राजनीतिक आक्रमण भएको बताएका छन् । भिजिट भिसामा जोडिएको विषयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो भिजिट भिसा प्रकरणमा कुनै सहभागिता नरहेको बताएका हुन् ।

‘जेठ ८ गते सहसचिवलाई भिजिट भिसाका सन्दर्भमा सोधपुछकालागि बोलाएको र मोबाइललगायत ल्यापटप पनि नियन्त्रणमा लिएको भन्ने कुरा मैले सञ्चार माध्यमबाट जानकारी पाएको हुँ’, उनले भने, ‘यो विषयमा मेरो संलग्नता देखाएर जसरी विषय आएका छन्, मेरो संलग्नता छैन, म माथिको आक्रमण राजनीतिक रूपले गरिएको छ ।’

उनले आफूले विषय राख्नका लागि समय माग गरेको नपाएको कारणले आफूले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्न लागेको बताए । साथै, उनले आफ्नो जीवन पारदर्शी भएको समेत बताए । 

‘मेरो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक जीवन नै हो, म जनताका माझमा छु’, उनले भने । 

मन्त्री लेखकले भिजिट भिसा प्रकरणमा जोडिएका सहसचिव भट्टराईलाई अख्तियारले सोधपुछ गरेको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बताए ।

उनले अख्तियारले गर्ने छानबिनलाई सहयोग गर्ने समेत बताए । ‘अख्तियार दुरुपयोगबाट हुने कुनै पनि छानबिनलाई म खुल्ला रूपले सहयोग गर्छु’, उनले भने ।

विपक्षी दलले राजीनामा माग्दै संसद् अवरूद्ध पारे पछि बुधबार गृहमन्त्री लेखकले संसदबाटै जवाफ दिन खोजेका थिए । तर संसदमा बोल्न असम्भव भएपछि उनले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

यो पनि :

संसद्‍‍भित्र तनावपूर्ण मुद्रामा गृहमन्त्री लेखक (तस्बिरहरू)

प्रकाशित मिति : १४ जेठ २०८२, बुधबार  ५ : १५ बजे

पञ्चकन्या माविमा हस्तकला प्रतियोगिता

टक्सार– स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँ

इरानको बालिका विद्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं- इरानको बालिका विद्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या

मध्यपूर्वको तनावले ओली चिन्तित

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा

काठमाडौं–२ का मतदाताका मुद्दा : भ्रष्टाचार नियन्त्रण र रोजगारी

काठमाडौं– आज बिदाको दिन, कागेश्वरी मनोहरा नगरपालिकाको भवन अगाडिको बिसौनीमा

राजधानी शहर छाडेर अन्तै जान तेहरानका ९० लाख बासिन्दालाई इरानी सुरक्षा परिषदको आह्वान

काठमाडौं- इरानको राष्ट्रिय सुरक्षा परिषदले राजधानी तेहरानका बासिन्दाहरूलाई सहर छोडेर