सशस्त्र प्रहरीले मधेसमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै | Khabarhub Khabarhub

सशस्त्र प्रहरीले मधेसमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– सशस्त्र प्रहरी बल, नेपालले मधेस प्रदेशका आठ वटै जिल्लामा मनसुन तथा विभिन्न प्राकृतिक प्रकोपको सामनाका लागि समुदायमा आधारित ‘डिजाष्टर भोलेन्टिर’ (विपद् स्वयंसेवक) तयार पार्ने भएको छ । 

सशस्त्र प्रहरी बल मधेस प्रदेशका बाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले प्राकृतिक तथा मनसुनजन्य प्रकोपका हिसाबले उच्च जोखिमयुक्त प्रदेश भएकाले पनि सामुदायमा आधारित विपद् स्वयंसेवक तयार पार्न लागिएको बताए।

सशस्त्र प्रहरीले हाल प्रत्येक जिल्लामा २५ जनालाई २१ दिने विपद् स्वयंसेवक तालिम सञ्चालन गरिरहेको छ । यसका लागि रौतहटमा ३८, महोत्तरीमा २६, सर्लाहीमा २५, धनुषामा २५ र सप्तरीमा २५ गरी १३९ जना छनोट गरिएका छन् । बाँकी तीन जिल्ला बारा, पर्सा र सिरहा पनि २५–२५ जनाका दरले विपद् स्वयंसेवक तयार पार्ने तालिम छिट्टै सञ्चालन गरिने जनाइएको छ । 

सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले विपद्को पहिलो उद्धारकर्ता स्थानीय नै हुने भएकाले पनि समुदायलाई बढी जिम्मेवार बनाउन खोजिएको बताए।  

ढकालले सबै पालिकाका वडाहरूमा कम्तीमा २५ जना विपद् सूचकहरू तयार भएको र अब विपद्का घटनाबारे तुरुन्त सूचना दिने जनशक्ति निर्माण गरिने जानकारी दिए । यसका लागि प्रदेशका सबै पालिकासँग समन्वय गरी विपद् सूचकको फोन नं सहितको विवरण संकलन भइसकेको उनले बताए। 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ७ : ३४ बजे

मधेस सरकारको नीति, कार्यक्रम आज प्रस्तुत हुँदै

जनकपुर– मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा

रामेछापमा फौजी कीराको प्रकोप

मन्थली– जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गरिदिन

आज रूसी भाषा दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं– आज रूसी भाषा दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका

‘राइड सेयरिङ नियमावली स्थगन भएको होइन, कार्यान्वयन रोकिएको हो’

राइड सेयरिङ चलिरहेको छ तर अव्यवस्थित भयो भनेर हामीले पहल

गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा कुनै बेला वर्षातमा हिलाम्मे र