विपक्षीको अडान- गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न सक्दैन | Khabarhub Khabarhub

विपक्षीको अडान- गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न सक्दैन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् चल्न नदिने अडान लिएको छ ।

बिहीबार बसेको संसद् बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विशेष समय लिएर बोल्दै यस्तो अडान सार्वजनिक गरेका हुन् ।

‘भिजिट भिसा प्रकरणले जसरी विषयवस्तु ल्यायो त्यही आधारमा हामीले गृहमन्त्री लेखकको राजीनामा मागेका हौँ’, उनले भने, ‘हिजो गृहमन्त्रीले पत्रकार सम्मेलनमा कर्मचारीबारे जेजे विषय राख्नु भयो, ती सबै हामीले सुन्यौँ । बदमासी भए भ्रष्टाचारी कर्मचारीलाई कारबाही हुनुपर्छ । यो विषयले हामीलाई गम्भीर बनाएको छ ।’

पाण्डेले जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता भएकाले संसद् चलाउन विशेष व्यवस्था गरिएको बताए । ‘संविधान कार्यान्वयन गर्न हामी लागिरहनुपर्छ । आज टेबुल गर्ने विषय वस्तुका लागि मात्रै सदन अघि बढाउन दिएका छौँ’, उनले भने, ‘त्यसबाहेक अरू कुनै काममा सदन अघि बढाउन नदिने निर्णय गरेका छौँ । भ्रष्टाचारको विषयवस्तुले हामी नेपालीको शीर निहुरिएको छ। सरकारले भ्रष्टाचारलाई नरोके हामी सशक्त रुपमा अघि बढ्छौँ ।’

पाण्डेले पूर्वराजा ज्ञानेन्द्र शाहसहितले गरेको आन्दोलनको तीव्र विरोध जनाएका छन् । उनले गणतन्त्रका लागि सबै दल एकजुट हुनुपर्ने पनि बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १ : ५३ बजे

प्रचण्डले माओवादीको अन्तिम बैठक गर्दै गर्दा जनार्दनको नयाँ घोषणा

काठमाडौं– नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको बैठक मंगलबार दिउँसो

कांग्रेसका विशेष महाधिवेशन पक्षधर जुटे थापागाउँमा

काठमाडौं– नेपाली कांग्रेसमा बढ्दै गएको विवादबीच विशेष महाधिवेशन पक्षधरहरू काठमाडौंको

यस्तो देखियो माओवादी महाधिवेशन आयोजक समितिको अन्तिम बैठक (तस्बिरहरू) 

काठमाडौं– नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको बैठक प्रज्ञा प्रतिष्ठानको

कांग्रेस केन्द्रीय समिति बैठक ढिलो गरी सुरु

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो एक बजेका लागि

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दमौली– यहाँको व्यास नगरपालिका–१ छाब्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर