विपक्षीले सदनमा आर्थिक सर्वेक्षण र बजेट पेस गर्न दिने « Khabarhub

विपक्षीले सदनमा आर्थिक सर्वेक्षण र बजेट पेस गर्न दिने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लगायत विपक्षी दलहरुले सदनमा आर्थिक सर्वेक्षण र बजेट पेस गर्न दिने भएका छन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै बैठक अवरुद्ध गर्दै आइरहेका विपक्षी दलहरुले आजको बैठक सञ्चालन गर्न सहमत भएका हुन् । 

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भ हुने बित्तिकै विपक्षी दलका सांसद आसनबाट उभिएका थिए । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय उपलब्ध गराएका थिए । 

प्रमुख सचेतक पाण्डेले आर्थिक सर्वेक्षण र आगामी आर्थिक वर्षको बजेट पेस गर्नका लागि मात्रै आफूहरुले सदनमा अवरोध नगरेको अवगत गराउँदै उक्त विषय निरुपण नभएसम्म आगामी बैठकमा विरोध जारी रहने बताए । 

बैठकमा अहिले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गरिरहेका छन्  । आजै अपराह्न ३ः०० बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  २ : १४ बजे

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच