सुदूरपश्चिम प्रदेशसभाबाट स्थानीय सेवाको गठनसम्बन्धी विधेयक पारित « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाबाट स्थानीय सेवाको गठनसम्बन्धी विधेयक पारित


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन सञ्चालन र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

 विधेयक पारित भएसँगै प्रदेशभित्र रहेका स्थानीय तहबाट गरिने सेवा प्रवाहका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्न तथा स्थानीय सेवालाई सक्षम, सुदृढ, प्रभावकारी र उत्तरदायी बनाउन सहज बाटो खुलेको छ । 
 
यहाँ स्थानीय तहका कर्मचारीले आफूहरूको वृत्ति विकासका मुद्दा उठाउँदै हालै स्थानीय तहको दैनिक सेवा प्रवाह ठप्प पारेका थिए ।

 बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले उक्त विधेयकमाथि सभामा छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । यसअघि विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल भई तयार पारिएको प्रतिवेदनसहितको विधेयकमाथि सभामा छलफल भएको थियो । 

छलफलमा प्रदेशसभा सदस्य विक्रमसिंह धामी, अक्कलबहादुर रावल, चक्रबहादुर मल्ल, नरेशकुमार शाहीले आ–आफ्नो सुझाव दिएका थिए । 

सभामा विधेयक निर्णयार्थ पेस हुँदैगर्दा प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अक्कलबहादुर रावलले दुई दलका सदस्यले छलफलमा उठाएका कुरालाई आधार मानेर निर्णयार्थ पेस गर्न मिल्छ कि मिल्दैन भन्दै आपत्ति जनाएका थिए । त्यसपछि मन्त्री सार्कीले विधेयक सभाबाट पारित गरियोस् भनी प्रस्ताव पेस गर्दा प्रतिपक्षी दलका सदस्यहरू असहमति जनाउँदै बैठक कक्षबाट बाहिरिएका थिए ।

आजकै बैठकमा मन्त्री सार्कीले सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गरे ।
   
बैठकले सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभाअन्तर्गतका विषयगत समितिका सदस्यको नामावली हेरफेरसम्बन्धी पेस गरेको प्रस्ताव स्वीकृत गरेको छ । 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ८ : ०२ बजे

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना

देउवा र ओलीपछि प्रचण्डसँग सञ्चारमन्त्री खरेलको वार्ता

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन