मन्त्रिपरिषद्‌बाट आगामी बजेट अनुमोदन « Khabarhub

मन्त्रिपरिषद्‌बाट आगामी बजेट अनुमोदन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/ ८३ को बजेट अनुमोदन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा भर्खरै सम्पन्न बैठकले आगामी बजेट अनुमोदन गरेको हो ।

अनुमोदित बजेट लिएर सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल सङ्घीय संसद्‌ भवन नयाँ बानेश्वतर्फ लागेका छन्‌ ।

पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब रुपैयाँभन्दा ठूलो आकारको बजेट तयार पारेका अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्‌ ।

सङ्घीय संसद्‌को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले आगामी बजेटको वक्तव्य वाचन गर्नेछन्‌ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ३ : ०८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर