यस्तो देखियो राजा माग्दै रत्नपार्कमा गरिएको सभा (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो राजा माग्दै रत्नपार्कमा गरिएको सभा (तस्बिरहरू)


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा विभिन्न राजावादी दल तथा संघ–संगठनले बिहीबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरेका छन् ।

राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ-संगठनले गणतन्त्र दिवसका दिन बिहीबार दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन गरेका हुन् । चैत १५ गते तीनकुनेमा भएको ठूलो हिंसात्मक घटनापछि पहिलो पटक राजावादीहरू एकठाउँ जुटेर आन्दोलन गरेका हुन् ।

त्यसका लागि काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालिएको छ । कार्यक्रमअनुसार मैतिदेवीबाट- राजेन्द्र लिङ्देन, सिफलबाट कमल थापा, पशुपतिशमशेर राणा, नारायणचौरबाट नवराज सुवेदी, नयाँबजारबाट डा. प्रकाशचन्द्र लोहनी, त्रिपुरेश्वरबाट केशरबहादुर विष्ट लगायत नेताहरूको नेतृत्वमा जुलुस लिएर पुगे ।

राजावादी समूहले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना तथा वर्तमान व्यवस्था खारेज नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : १३ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।