शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन, विद्यालय खाजाका लागि १० अर्ब « Khabarhub

शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन, विद्यालय खाजाका लागि १० अर्ब


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् शिक्षा क्षेत्रको लागि खर्च गर्नेगरी सो रकम विनियोजन गरेको हो ।

सरकारले विद्यालयहरु गाभ्नका लागि प्रोत्साहन गर्ने कार्यक्रम पनि बजेटमा घोषणा गरेको छ । १० अर्ब १९ करोड विद्यार्थी खाजाका लागि विनियोजन गरिएको समेत उनले बताए । साथै अन्य मुसहर, दलित विद्यार्थी लगायत विभिन्न शिर्षकमा सञ्चालनमा रहेका छात्रवृत्ति पनि यथावत रहने बताए ।

साथै, विश्वविद्यालयलाई आवश्यकताको आधारमा अनुदान उपलब्ध गराउने र नियम पालना नगर्ने विश्वविद्यालयको अनुदान कटौती गर्ने समेत उनले बताए ।

मेडिकल शिक्षामा उपलब्ध गराउँदै आएको छात्रवृत्तिलाई गरिब र पिछडिएको क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइने मन्त्री पौडेलले बजेटमा उल्लेख गरेका छन् ।

चालु आर्थिक वर्षमा सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ०९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब