नेपाली कम्पनीले विदेशमा लगानी गर्न पाउने, व्यक्तिलाई स्वेट शेयर « Khabarhub

बजेट २०८२/८३

नेपाली कम्पनीले विदेशमा लगानी गर्न पाउने, व्यक्तिलाई स्वेट शेयर


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले नेपालमा खुलेका कम्पनीहरूलाई विदेशमा पनि लगानी गर्न दिने भएको छ । तर, कम्पनीहरूले त्यस्तो व्यवसायबाट हुने आम्दानीको ५० प्रतिशत मुनाफा नेपालमै फिर्ता गर्नुपर्नेछ ।

लगानीमात्र होइन, नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएवापत स्वेट सेयर पनि लिन पाउने भएका छन्‌ ।

सङ्घीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य वाचन गरिरहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराए वापत स्वेट सेयर लिन पाउने कानूनी व्यवस्था गरिने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले भने, ‘नेपाली व्यवसाय वा कम्पनीलाई विदेशमा बिक्री शाखा वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिइनेछ। यसका लागि निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिनेछ। यस्तो व्यवसायबाट हुने आम्दानीको ५० प्रतिशत मुनाफा स्वदेशमा फिर्ता गर्नुपर्नेछ ।’

तर, नेपाली कम्पनीहरूले विदेशमा लगानी गर्न लगानी बोर्ड नेपालबाट स्वीकृति लिनुपर्ने पनि पौडेलले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : १२ बजे

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा