नेपाली कम्पनीले विदेशमा लगानी गर्न पाउने, व्यक्तिलाई स्वेट शेयर « Khabarhub

बजेट २०८२/८३

नेपाली कम्पनीले विदेशमा लगानी गर्न पाउने, व्यक्तिलाई स्वेट शेयर


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले नेपालमा खुलेका कम्पनीहरूलाई विदेशमा पनि लगानी गर्न दिने भएको छ । तर, कम्पनीहरूले त्यस्तो व्यवसायबाट हुने आम्दानीको ५० प्रतिशत मुनाफा नेपालमै फिर्ता गर्नुपर्नेछ ।

लगानीमात्र होइन, नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएवापत स्वेट सेयर पनि लिन पाउने भएका छन्‌ ।

सङ्घीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य वाचन गरिरहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  नेपाली नागरिकले विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराए वापत स्वेट सेयर लिन पाउने कानूनी व्यवस्था गरिने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले भने, ‘नेपाली व्यवसाय वा कम्पनीलाई विदेशमा बिक्री शाखा वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिइनेछ। यसका लागि निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिनेछ। यस्तो व्यवसायबाट हुने आम्दानीको ५० प्रतिशत मुनाफा स्वदेशमा फिर्ता गर्नुपर्नेछ ।’

तर, नेपाली कम्पनीहरूले विदेशमा लगानी गर्न लगानी बोर्ड नेपालबाट स्वीकृति लिनुपर्ने पनि पौडेलले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : १२ बजे

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६