कार्बन व्यापारका लागि नीतिगत स्पष्ट व्यवस्था गरिने « Khabarhub

कार्बन व्यापारका लागि नीतिगत स्पष्ट व्यवस्था गरिने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कार्बन व्यापारका लागि नीतिगत स्पष्ट व्यवस्था गर्ने जनाएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय बजारमा कार्बन व्यापारका लागि आवश्यक व्यवस्था गर्ने उल्लेख गरे ।

यसैगरी उनले पग्लिँदै गएका हिमाल र सुक्दै गएका हिमनदी संरक्षणका लागि आवश्यक व्यवस्था गरिने बताए । उपप्रधानमन्त्री पौडेलले संरक्षण क्षेत्रका जग्गामा आयोजना निर्माणमा आवश्यक सहजीकरण गर्ने उल्लेख गरे  ।

सरकारले कृषिमा हानि नोक्सानी गर्ने वन्यजन्तुको व्यवस्थापन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने र सहअस्तित्वका लागि आगामी आर्थिक वर्षमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ । सरकारले आगामी आवमा वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ३७ बजे

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि