मेट्रोरेल, मोनोरेल र पोड–वेको सम्भाव्यता अध्ययन गरिने | Khabarhub Khabarhub

मेट्रोरेल, मोनोरेल र पोड–वेको सम्भाव्यता अध्ययन गरिने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै नेपालमा मोनो रेल र पोड–वेको सम्भाव्यता अध्ययन गरिने बताएका छन् ।

मन्त्री पौडेलले सार्वजनिक यातायात प्राधिकरण स्थापना गरिने, मेट्रोरेल, मोनोरेलको सम्भाव्यता अध्ययन गरिने बताए ।

बिहीबार संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले पोड–वेको सम्भाव्यता अध्ययनका लागि प्रोत्साहन गरिने बताए ।

उनले आबुखैरेनी– पोखरा सडक स्तरोन्नति गर्न ८ अर्ब ४२ करोड विनियोजन गरिएको बताए । यस्तै ताल्चा– रारा सडक कालोपत्रे गरिने, गल्छी– रसुवागढी सडकका लागि २ अर्ब ५६ करोड विनियोजन गरिएको बताए । यसैगरी नागढुंगा र सिद्धबाबा सुरुङका लागि २ अर्ब ६० करोड विनियोजन गरिएको बताए ।

मन्त्री पौडेलले सिद्धार्थ राजमार्गको स्तरोन्नति गरिने र पूष्पलाल मध्यपहाडी राजमार्गको रेखांकन परिमार्जन गरिने बताए ।
उनले आव २०८३–८४ मा द्रुतमार्ग सम्पन्न गरिने बताए । मन्त्री पौडेलले भौतिक पूर्वाधाार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ४९ बजे

आन्दोलनको आगोबीच चर्चित भएका ब्रिटिश ट्राभल भ्लगर 

काठमाडौं– काठमाडौंमा भर्खरै भड्किएको जेन-जी नेतृत्वको आन्दोलन केवल राजनीतिक मात्र थिएन,

सुरु भयो सुकिला नोट वितरण (तस्बिरहरू)

काठमाडौं– नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ । 

परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (तस्बिरहरू)

काठमाडौं– सर्वोच्च अदालतले आइतबारबाट आफ्नो सेवा पुनः सुरु गरेको छ

‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने

काठमाडौं – फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ पूर्वनिर्धारित मिति

सोमबारदेखि फिल्म हल खुलाउने तयारी

काठमाडौं – जेन–जी आन्दोलनका कारण मंगलबारदेखि बन्द भएका फिल्महरु पुनः