सातवटै प्रदेशमा मुटुरोग र क्यान्सरको उपचार विस्तार गरिने « Khabarhub

सातवटै प्रदेशमा मुटुरोग र क्यान्सरको उपचार विस्तार गरिने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले उच्च रक्तचाप मुटु, मधुमेह मिर्गौला, कलेजो र क्यान्सर लगायतका नसर्ने रोगहरुको निदान र उपचारका लागि दक्ष चिकित्सक र आधुनिक उपकरण सहितको विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सातवटै प्रदेशमा मुटुरोग र क्यान्सरको उपचार विस्तार गरिने बताए ।

हरेक वर्षको फागुन महिनामा नसर्ने रोगको निशुल्क स्क्रिनिङ गर्ने व्यवस्था मिलाइने बताउँदै आधारभूत स्वास्थ्य सेवा र आधारभुत अस्पतालबाट निशुल्क हुँदै आएका औषधीहरुको आपुर्ति सहज गरिने मन्त्री पौडेलको भनाइ छ ।

साथै वितरण गरिएका औषधिहरुको अभिलेख राख्ने र वेवसाइटमा प्रकाशन गर्ने व्यवस्था मिलाइने र यसका लागि २ अर्ब ६ करोड रुपैयाँ बिनियोजन गरिएको मन्त्री पौडेलले जानकारी दिएका छन्

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ५७ बजे

लिपुलेक बारे भारतको प्रतिक्रिया- कैलाश यात्राका लागि यो ऐतिहासिक मार्ग हो

नयाँ दिल्ली– भारतले लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार०का लागि विदेशी मुद्राको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आज २०८३ साल वैशाख २१ गते सोमबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता