देउवाको गृहजिल्लामा विमानस्थल, ओलीकोमा आधुनिक रंगशाला « Khabarhub

देउवाको गृहजिल्लामा विमानस्थल, ओलीकोमा आधुनिक रंगशाला


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका दुई ठूला दल मिलेर बनेको सरकारले सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताद्वयका गृहजिल्लाहरूमा महत्वकांक्षी परियोजना अघि सारेको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष (प्रधानमन्त्री) केपी शर्मा ओलीको गृहजिल्लामा क्रमशः विमानस्थल र अन्तर्राष्ट्रिस्तरको आधुनिक रंगशाला निर्माणको परियोजना अघि सारेका हुन् ।

संघीय संसद्का दुवै बैठकको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि तयार गरिएको बजेट प्रस्तुत गदै अर्थमन्त्री विष्णु पौडेलले देउवाको गृहजिल्ला डडेल्धुराको अजयमेरुमा विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन गरी आयोजना प्रतिवेदन तयार गरिने बताए ।

‘तेह्रथुमको चुहान डाँडा, डडेल्धुराको अजयमेरु र उदयपुरको सगरमाथा विमानस्थलको विस्तृत अध्ययन गरी आयोजना प्रतिवेदन तयार गरिने छ,’ अर्थमन्त्री पौडेलले भने ।

उनले प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने पनि बताए । अर्थमन्त्री पौडेलले काठमाडौंको मूलपानी लगायत मोरङ, कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाका लागि ४२ करोड विनियोजन गरिएको बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ५९ बजे

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि