राष्ट्रिय गौरवका आयोजनाको बजेट रकमान्तर गर्न नपाइने « Khabarhub

राष्ट्रिय गौरवका आयोजनाको बजेट रकमान्तर गर्न नपाइने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को बजेटमा आर्थिक गौरवका आयोजनाको बजेट रकमान्तर गर्न नपाइने व्यवस्था गरिएको छ ।

बिहीबार सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले गौरवका आयोजनाको बजेट रकमान्तर गर्न नपाइने व्यवस्था गरेका हुन् । यस अघि आव २०७९–८० को बजेटमा समेत तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले यो व्यवस्था गरेका थिए ।

महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनअनुसार आव २०७९–८० मा सरकारले राष्ट्रिय गौरवकै आयोजनाहरूबाट ५ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरेको थियो ।

सोही आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं ३६९ मा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट अन्य राष्ट्रिय गौरवका आयोजना बाहेक अन्यत्र रकमान्तर गर्न नपाइने उल्लेख भए पनि ८ राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेटबाट ५ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ राष्ट्रिय गौरव बाहेकका अन्य ५१ आयोजनामा रकमान्तर गरिएको थियो ।

यस पटक पुनः अर्थमन्त्री पौडेलले गौरवका आयोजनाको बजेट रकमान्तर गर्न नपाइने व्यवस्था गरिएको घोषणा गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : १९ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि