बजेटमा स्वर्णिमको प्रतिक्रिया : सकारात्मक छ, तर नीतिगत व्यवस्था वाधक | Khabarhub Khabarhub

बजेटमा स्वर्णिमको प्रतिक्रिया : सकारात्मक छ, तर नीतिगत व्यवस्था वाधक


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले बजेटमा मिश्रित प्रतिक्रिया दिएका छन् । उनले बजेटमा केही सकारात्मक पहल र केही परम्परागत विषय रहेको बताएका छन् ।

उनले सरकारको खर्च गर्ने क्षमताभन्दा बजेटको आकार बढी भएको बताए । ‘तपाईँले अहिले ल्याउनुभएको बजेट उत्ताउलो भनेका छैनौ तर, १५/१६ खर्ब भन्दा बढी खर्च हुने अवस्था छैन’, उनले भने, ‘झन्डै ६ सय अर्ब ऋण लिनुपर्ने हुन्छ । प्रतिफल दिने आयोजनामा खर्च गर्न सक्यौँ भने त ठिक छ, तर, यी ठूला दलले त्यसो गर्न सक्ने अवस्था छैन ।’

अहिले जुन आर्थिक मन्दी छ, कतिपय पैसा नै खर्च नगरेर नीतिगत व्यवस्थाले पनि गर्न सकिने उनले बताए ।

करहरूमा गरिएको हेरफेरले लगानीको लागि आकर्षित गर्न सक्छ भन्ने अपेक्षा पनि भएको उनले बताए । आयोजना व्यवस्थापन, इआइए लगायतका प्रोजेक्ट म्यानेजमेन्टका कुराहरू सकारात्मक पनि छन् । तर, सरकारको बोल्ने र गर्ने काम भने फरक भएको बताए ।

‘४८ सय मेगावाट जडित क्षमता बनाउने कुरा राम्रो छ, कृषिमा त्यति सकारात्मक छैन, पर्यटनमा पनि अपेक्षित सकारात्मक आएको छैन’, उनले भने, ‘आइटीको सम्भावना बारे केही सकारात्मक कुराहरू छन् ।’

बेथितिलाई केही सच्याउने कोसिस पनि गरिएको वाग्लेले बताएका छन् ।  

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ६ : ३५ बजे

कमल थापा र दीपक सिंहसहित सात जना रिहा, एक जना हिरासतमै

काठमाडौं – राजावादीहरूको प्रदर्शनका क्रममा आइतबार दिउँसो नारायणचौरबाट पक्राउ परेका

भोलिदेखि सार्वजनिक यातायात बन्द गर्ने व्यवसायीहरुको घोषणा

पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ्’ नियमावलीविरुद्ध सार्वजनिक

क्यान्सर पीडित गौतमको गुनासो : प्रचण्डले आश्वसन मात्र दिए, सहयोग गरेनन्

काठमाडौं – लामो समयदेखि क्यान्सरसँग लडिरहेका ‘नक्कली प्रचण्ड’का नामले चिनिने

जिमखानामा भेटिएको ‘राजा फर्काउने’ केटो !

म सधैंभरि ‘एक्सरसाइज’ गर्नुपर्ने भएकाले जंगलमा दौडिन्थें । अहिले चाहिँ

चौथो सातामा ‘ऊनको स्वीटर’, अहिलेसम्म कति कमायो ?

काठमाडौं – यो वर्षको पहिलो हिट फिल्म ‘ऊनको स्वीटर’ चौथो