बढ्दो समुद्री सुरक्षा चुनौतीको सामना गर्न भारत प्रतिबद्ध « Khabarhub

बढ्दो समुद्री सुरक्षा चुनौतीको सामना गर्न भारत प्रतिबद्ध


१४ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसंघका लागि भारतीय प्रतिनिधिले बढ्दो समुद्री चुनौतीको सामना गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको जनाएका छन् । राष्ट्रसंघमा भारतका स्थायी प्रतिनिधि पर्वतानेनी हरिशले बढ्दो चुनौतीको सामना गर्न भारतले जिम्मेवार समुद्री शक्तिको भूमिका निर्वाह गर्ने बताएका हुन् ।

उनले आफ्नो मुलुक राष्ट्रसंघको समुद्री कानुन अभिसन्धीको पक्षमा पूर्ण रुपमा प्रतिबद्ध रहेको उल्लेख गरे । भारतीय समाचार संस्था एएनआईका अनुसार उनले समुद्री पारवहनमा खुला, स्वतन्त्र र विधिमा आधारित नियमको पालना गर्न भारतले जिम्मेवार भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

उनले आर्थिक वृद्धि, संवेदनशील व्यापार मार्ग, ऊर्जा आपूर्ति, भूराजनीतिक हित समुद्री सुरक्षासँग जोडिएको बताए ।

यसका लागि विशाल तटीय भूमि, समुद्रमा आधारित रहेर जीविकोपार्जन गर्दै आएका समुदाय र क्षमतावान समुद्री शक्तिका रुपमा भारतले आफ्नो हित रक्षाका लागि जिम्मेवार भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ७ : ४५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया