ऊर्जा क्षेत्रका लागि बजेट उत्साहजनक छैन : वरिष्ठ उपाध्यक्ष डाँगी  « Khabarhub

ऊर्जा क्षेत्रका लागि बजेट उत्साहजनक छैन : वरिष्ठ उपाध्यक्ष डाँगी 


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले बजेट समग्रमा ऊर्जा क्षेत्रका लागि बजेट उत्साहजनक नभएको प्रतिक्रिया दिएका छन् ।

डाँगीले ऊर्जा व्यवासायीका लागि बजेटमा दुई वटा कुरा मात्र राम्रो आएको र आशा गरेअनुसारको बजेट नआएको बताए । ‘धेरै बिजुली खेर गइरहेको बजेटले प्रसारण लाइनलाई भनेर छुट्टै १३ अर्ब १८ करोड रुपैयाँ छुट्याएकोले बजेटले ऊर्जा क्षेत्रको समस्या बुझ्यो भन्ने लागेको छ’, उनले भने, ‘अर्को वनमा ईआईए गर्दा १० प्रतिशतसम्म रुख तलमाथि पर्दा फेरी ईआर्ईए गर्नु पर्दैन भन्ने राम्रो छ ।’ 

तर, सरकारले आफूहरूले ५ महिना अगाडि ऊर्जा विकास मार्गचित्र २०८० भनेर ल्याएको कुरालाई आफैँले बेवास्ता गरेको उनले बताए । इप्पानले राखेका अधिकांश मागहरू र सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने भन्ने विषय उठाएको भए पनि बजेटमा भने समावेश नभएको डाँगी बताउँछन् ।

‘तर त्यसको विषयमा कहीँ एक शब्द बोलिएन’, डाँगीले भने, ‘त्यसले गर्दा यो कार्यान्वयन गर्ने सरकारको नियत छैन कि जस्तो देखिएको छ ।’ अहिले ७ वटा कम्पनीहरू विद्युत् व्यापारको अनुमतिको लाइनमा भएको उनीहरूलाई लाइसेन्स दिएर टेक एण्ड पे ल्याएको भए सकारात्मक हुने उनले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ८ : ०२ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु