ऊर्जा क्षेत्रका लागि बजेट उत्साहजनक छैन : वरिष्ठ उपाध्यक्ष डाँगी  | Khabarhub Khabarhub

ऊर्जा क्षेत्रका लागि बजेट उत्साहजनक छैन : वरिष्ठ उपाध्यक्ष डाँगी 


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले बजेट समग्रमा ऊर्जा क्षेत्रका लागि बजेट उत्साहजनक नभएको प्रतिक्रिया दिएका छन् ।

डाँगीले ऊर्जा व्यवासायीका लागि बजेटमा दुई वटा कुरा मात्र राम्रो आएको र आशा गरेअनुसारको बजेट नआएको बताए । ‘धेरै बिजुली खेर गइरहेको बजेटले प्रसारण लाइनलाई भनेर छुट्टै १३ अर्ब १८ करोड रुपैयाँ छुट्याएकोले बजेटले ऊर्जा क्षेत्रको समस्या बुझ्यो भन्ने लागेको छ’, उनले भने, ‘अर्को वनमा ईआईए गर्दा १० प्रतिशतसम्म रुख तलमाथि पर्दा फेरी ईआर्ईए गर्नु पर्दैन भन्ने राम्रो छ ।’ 

तर, सरकारले आफूहरूले ५ महिना अगाडि ऊर्जा विकास मार्गचित्र २०८० भनेर ल्याएको कुरालाई आफैँले बेवास्ता गरेको उनले बताए । इप्पानले राखेका अधिकांश मागहरू र सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने भन्ने विषय उठाएको भए पनि बजेटमा भने समावेश नभएको डाँगी बताउँछन् ।

‘तर त्यसको विषयमा कहीँ एक शब्द बोलिएन’, डाँगीले भने, ‘त्यसले गर्दा यो कार्यान्वयन गर्ने सरकारको नियत छैन कि जस्तो देखिएको छ ।’ अहिले ७ वटा कम्पनीहरू विद्युत् व्यापारको अनुमतिको लाइनमा भएको उनीहरूलाई लाइसेन्स दिएर टेक एण्ड पे ल्याएको भए सकारात्मक हुने उनले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ८ : ०२ बजे

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ