लगानीकर्ता रौनियारको प्रतिक्रिया : बजेट सेयर बजारको लागि राम्रो « Khabarhub

लगानीकर्ता रौनियारको प्रतिक्रिया : बजेट सेयर बजारको लागि राम्रो


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा दोस्रो शेयर बजारमा कारोबार गर्नेहरू उत्साहित देखिएका छन् । शेयर विश्लेषक छोटेलाल रौनियारले खबरहबसँग कुराकानी गर्दै बजेटको खुलेर स्वागत गरेका छन् ।

उनले दोस्रो बजारमा गैरआवासीय नेपालीलाई भित्र्याउने विषयको प्रक्रियामा लाग्नुपर्ने बताए । ‘एनआरएन नभित्राउने कहिले नभनेको हो र ? तर त्यसको लागि प्रक्रिया पूरा गर्नुपर्छ’, उनले भने, ‘उनीहरूले पुँजी लगानी गरेपछि नाफा लैजान पाउनु पर्छ, उनीहरूले नाफा लैजाँदा विदेशी मुद्रामा लैजाने हो, जुन राष्ट्र बैंकले गर्न दिँदैन ।’

त्यो विषयलाई मन्त्रिपरिषद्बाट पास गरेर कानून बनाएर केन्द्रीय बैंकलाई निर्देशन दिएपछि हुने रौनियारले बताए । साथै उनले सेयर बजारमा एनआरएनए भित्र्याउने कुरा रामो भएको भन्दै अर्थमन्त्रीले बजेटमा पुँजीगत लाभकरको विषयमा बोलेको भए थप राम्रो हुने प्रतिक्रिया दिए । बजेटले पुँजी बजारलाई बिगार्ने काम नगरेको पनि उनको भनाइ छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ८ : ०८ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि