अर्थमन्त्रीले आफैँसँग किन राखे ३३ प्रतिशत बजेट ? « Khabarhub

बजेट २०८२/८३

अर्थमन्त्रीले आफैँसँग किन राखे ३३ प्रतिशत बजेट ?


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेटको एक तिहाइ हिस्सा आफू नेतृत्वकै मन्त्रालयमा राखेका छन् ।

सङ्घीय संसद्को संयुक्त बैठकमार्फत आज (जेठ १५ मा) आगामी बजेट वक्तव्य सार्वजनिक गरेका पौडेलले कूल बजेटको ३३.०३ प्रतिशत हिस्सा अर्थ मन्त्रालयमै राखेका हुन् । अर्थ मन्त्रालयले आफू मातहत आधादर्जन शीर्षकमा बजेट विनियोजन गरेको छ ।

विभागीय मन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । यसमध्ये ६ खर्ब ४८ अर्ब ९२ करोड एक लाख रुपैयाँ अर्थ मन्त्रालय मातहतकै विभिन्न शीर्षकमा राखिएको छ ।

सङ्केत नम्बर ३०५ अन्तर्गत अर्थमन्त्रीले ४९ अर्ब ९० लाख २६ हजार रुपैयाँ बजेट विनियोजन गरेका छन् । एकीकृत आर्थिक सङ्केत तथा वर्गीकरण व्याख्या अनुसार ३ बाट सुरु भएका सङ्केतले सम्पत्ती तथा दायित्वलाई जनाउँछ ।

मन्त्रालयगत व्यय अनुमान तालिकामा राखिएकाले यो रकमबाट अर्थ मन्त्रालयले पुँजीगत खर्च या दायित्व भुक्तानी नै गर्नेछ ।

कार्यक्रम सङ्केत नम्बर ५०२ मा अर्थ मन्त्रालयलाई तीन खर्ब ४३ अर्ब ५५ करोड ८७ लाख लाख रुपैयाँ छुट्याइएको छ । यो बजेबाट अर्थ मन्त्रालयले सरकारले तिर्नुपर्ने आन्तरिक ऋण भुक्तानी गर्नेछ ।

यसैगरी कार्यक्रम सङ्केत नम्बर ५०३ मा अर्थ मन्त्रालय मातहत नै रहनेगरी ४९ अर्ब ४० करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यो विनियोजनबाट सरकारले काढेको बहुपक्षीय वैदेशिक ऋण भुक्तानी गरिनेछ ।

कार्यक्रम सङ्केत नम्बर ५०४ मा विनियोजन गरिएको १८ अर्ब पाँच करोड ३० लाख रुपैयाँबाट द्विपक्षीय वैदेशिक ऋण भुक्तानी गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

कार्यक्रम सङ्केत नम्बर ६०१ मा विनियोजित एक खर्ब नौ अर्ब ६५ करोड रुपैयाँ कर्मचारी सुविधा तथा सेवानिवृत्त सुविधामा खर्च हुनेछ ।

कार्यक्रम सङ्केत नम्बर ६०२ अन्तर्गत अर्थ मन्त्रालय – विविध शीर्षकमा ७८ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ विनियोजन भएको छ ।

यो शीर्षकको बजेटलाई भने सरकारले तजबिजीमा खर्च गर्ने हुनाले चर्को आलोचना खेप्ने गर्छ । विभिन्न मन्त्रालयबाट आर्थिक सहायता वितरण, भ्रमण तथा स्वागत खर्च, भन्सार फिर्ता, भैपरी आउने खर्च, भौतिक सुविधा लगायतमा सरकारले यो रकम खर्च गर्ने गर्छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा पनि पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालय मातहत आधादर्जन शीर्षकमा सात खर्ब ९५ अर्ब २३ करोड ६८ लाख रुपैयाँ छुट्याएका थिए ।

चालु आर्थिक वर्षको सुरु बजेटको तुलनामा ५.६ प्रतिशत ठूलो आकारको बजेट ल्याए पनि अर्थमन्त्री पुनले भन्दा पौडेलले आफू नेतृत्वको विभागीय मन्त्रालयमा एक खर्ब ४६ अर्ब ३१ करोड ६८ लाख रुपैयाँ कम बजेट राखेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ११ : १२ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न