बजेटमा नगरपालिका संघ अध्यक्षको प्रतिक्रिया : स्थानीय तहले पाउने समानीकरण घट्यो « Khabarhub

बजेटमा नगरपालिका संघ अध्यक्षको प्रतिक्रिया : स्थानीय तहले पाउने समानीकरण घट्यो


१६ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुंगानाले संघीय सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा स्थानीय तहले पाउने समानीकरण अनुदान बापतको रकम घटाइएको भन्दै दुःख व्यक्त गरेका छन् । 

खबरहबसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ढुंगानाले संघीयताको मुख्य जग स्थानीय तह भए पनि बजेटमा स्थानीय तहले पाउने समानीकरण बापतको अनुदान घटाउने काम भएको बताए ।

‘हामीलाई दिनुपर्ने वित्तीय समानीकरण अनुदान हो, त्यो झन् कम भएर आएको स्थिति छ’, उनले भन्छन्, ‘संघीयताको मूल जग भनेकै स्थानीय सरकार हो, यही अनुदान हरेक वर्ष काट्ने काम भयो ।’

संघीय सरकारले तीन करोड भन्दा तलका आयोजना सञ्चालन नगर्ने, विद्यार्थीको खाजा, विद्यालयलाई दिने अनुदान, खानेपानी लगायतका कार्यक्रम भने राम्रो पक्ष रहेको उनले बताए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ११ : २० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर