रोहितको सानदार अर्धशतकसँगै मुम्बईले गुजरातलाई दियाे विशाल लक्ष्य « Khabarhub

रोहितको सानदार अर्धशतकसँगै मुम्बईले गुजरातलाई दियाे विशाल लक्ष्य


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)२०२५ को इलिमिनेटरमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २२९ रनको लक्ष्य दिएको छ ।

महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२८ रन बनाएको हो ।

मुम्बईका लागि रोहित शर्माले ८० रनको पारी खेले । ५० बलको सामना गरेका रोहितले ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै जोनी बेयरस्टोले ४७, सुर्य कुमार यादवले ३३, तिलक बर्माले २५ रन बनाए । हार्दिक पाण्डेयले ९ बलमा २२ रन बनाए ।

गुजरातका साई किशोर र प्रसिद्ध कृष्णले दुई दुई विकेट लिए । किशोरले चार ओभरमा ३७ रन दिए भने कृष्णले चार ओभरमा ५३ रन खर्चिए ।

आजको खेलमा विजयी हुनेले फाइनल प्रवेशका लागि पञ्जाब किंग्ससँग प्रतिस्पर्धा गर्ने छ । बिहीबार भएको पहिलो क्वालिफायरमा पञ्जाब किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंलोरु फाइलनमा प्रवेश गसिसकेको छ ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  ९ : ४९ बजे

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।