अस्पतालले भन्यो : आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख छ | Khabarhub Khabarhub

अस्पतालले भन्यो : आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख छ


१६ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका पूर्वमन्त्री मोहम्मद आफताब आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अन्नपूर्ण न्यूरो अस्पतालले जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै अस्पतालले प्रारम्भिक परीक्षण तथा एमआरआई जाँचबाट उनलाई एक्युट इस्केमिक स्ट्रोकु भएको पुष्टि भएको जनाएको छ । उनको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ ।

हालसम्म उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र अस्पतालको आइसियु विभागमा विशेषज्ञ चिकित्सकहरूको निगरानीमा राखेर उपचार जारी रहेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालले सबै शुभेच्छुक तथा सञ्चारकर्मीहरूलाई अस्पतालको आधिकारिक विज्ञप्तिलाई मात्र प्रमाणिक जानकारीको आधार मानेर समाचार प्रकाशन गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : १६ जेठ २०८२, शुक्रबार  १० : ०६ बजे

देवघाटलाई प्लास्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान

नवलपरासी – पवित्र धार्मिकस्थल देवघाटधामलाई प्लास्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान

टप इन्ड टी२० : ललितको स्थानमा साहबले खेल्ने

काठमाडौं – अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय

एक वर्षमा एउटै फार्मबाट ११ करोड अण्डा उत्पादन

चितवन – आइपिओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म

सामान्य बन्दै कैलाली कारागारको अवस्था

सुदूरपश्चिम – कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थिति क्रमशः

चिनियाँ कम्युनिष्ट पार्टीसँग गहिरो सम्बन्ध रहेको पाइएपछि हार्वर्ड विश्वविद्यालयको आलोचना बढ्दो

काठमाडौं- अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)