राजावादीहरूसँग डराएर सरकारले आन्दोलन स्थलमै निषेधाज्ञा जारी गर्‍यो : राजेन्द्र लिङ्देन « Khabarhub

राजावादीहरूसँग डराएर सरकारले आन्दोलन स्थलमै निषेधाज्ञा जारी गर्‍यो : राजेन्द्र लिङ्देन


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग राख्दै आफूहरूले सुरु गरेको आन्दोलन प्रभावकारी हुँदै गएको निष्कर्ष निकालेको छ । 

शनिबार काठमाडौंमा बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले आन्दोलनलाई मध्यनजर गरेर सरकारले निषेधाज्ञा नै जारी गर्नुले आफूहरूले सुरु गरेको आन्दोलन प्रभावकारी हुँदै गएको निष्कर्ष निकालेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

प्रदर्शनलाई रोक्न निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डराएको भन्दै उनले यसबाट आफूहरू थप उत्साहित भएको जिकिर गरे।

बैठकले आन्दोलनलाई थप सशक्त बनाउन संयुक्त जनआन्दोलन परिचालन समितिको निर्देशन अनुसार परिचालन हुने निर्णय गरेको उनले बताए। 

अध्यक्ष लिङ्देनले राज्यले जतिसुकै रोक्न खोजेपनि आफूहरूको आन्दोलन नरोकिने स्पष्ट पारे । उनले जेठ १५ गते राजसंस्था पक्षधरहरुको शक्ति र गणतन्त्र पक्षधरहरूको शक्ति जाँच गर्ने मौका प्राप्त भएको जिकिर गरे । 

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  १ : ४३ बजे

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।