औद्योगिक विकासका लागि बजेट सकारात्मक– परिसंघ पूर्वअध्यक्ष « Khabarhub

औद्योगिक विकासका लागि बजेट सकारात्मक– परिसंघ पूर्वअध्यक्ष


१७ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विष्णु अग्रवालले नयाँ बजेट स्वागतयोग्य रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले निजी क्षेत्रको मनोबल उकास्ने खालको बजेट आएकाले स्वातगत योग्य रहेको बताए । लगानी आकर्षण गर्नका लागि यो बजेट निकै स्वागत योग्य रहेको उनको भनाइ छ ।

राजस्वको लक्ष्य प्राप्तिका लागि पनि उत्पादन वृद्धि आवश्यक रहेको उनले बताए । ‘‘राजस्व वृद्धिका लागि लगानी र उत्पादन हुन आवश्यक रहेको छ,’ उनले भने । विदेशमा लगानी गर्ने विषयमा पनि काम भइरहेको अवस्थामा निजी क्षेत्रमा उत्साह बढेको उनले उल्लेख गरे ।

औद्योगिक क्षेत्रको विकासका लागि बजेट सकारात्मक रहेको उनले बताए । भन्सारको विषयमा पनि ध्यान दिनु पर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

ऊर्जा क्षेत्र नेपालका लागि निकै महत्वपूर्ण क्षेत्र भएकोले यसमा ओभरसाइट भएको अवस्था रहेका कारण सरकारले सरकारले पनि सोच्नु पर्ने आवश्यकता रहेको उनले बताए । यो क्षेत्रलाई अघि बढाउन सजह खालको नीति आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ जेठ २०८२, शनिबार  २ : ४६ बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव