शैलेन्द्रको ‘निर्वेद’ सार्वजनिक « Khabarhub

शैलेन्द्रको ‘निर्वेद’ सार्वजनिक


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं :  शैलेन्द्र अधिकारीको पहिलो उपन्यास ‘निर्वेद’ को लोकार्पण गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’, त्रिभुवन विश्वविध्यालयका उप प्राध्यापक सुदिप पोख्रेल, साहित्यकार रूपक अलङकारले पुस्तकको विमोचन गरे ।

युवा जोगीको कथामा आधारित यो कृतिमा नयाँपनको खोजी गरिएको छ । उपन्यासकार अधिकारीले साना स–साना कथाहरूको संयोजनलाई उपन्यासको रुप दिएका हुन् ।

प्रतिष्ठानका सदस्य सचिव प्रा. ‘प्रेक्षित’ले कृतिले नेपाली साहित्यमा पृथक यात्रा गर्नेमा आफू ढुक्क रहेको बताए । साथै उनले नेपाली साहित्यको उन्नयन र प्रवर्द्धनमा यस्ता उपन्यासले महत्त्वपूर्ण भूमिका निभाउने धारणा समेत राखे ।

यस्तै साहित्यकार अलङ्कारले मान्छेहरूले बिर्सिसकेको कथालाई कलात्मक रूपमा लेखिएको प्रतिक्रिया दिए । ‘दैनिक जीवन र लोकव्यवहारलाई पनि लेखकले उत्कृष्ट तरिकाले प्रस्तुत गर्नुभएको छ’, उनले अगाडि थपे, ‘प्रगतिशील विचारधारामा आस्था राख्ने लेखकले आस्थिक रूपमा  पूर्वजन्म र परोजन्मको विषय उठान गर्नु आफैमा सुन्दर विषय हो।’

उपप्राध्यापक पोख्रेलले  कृतिमा एउटा युवकले आफ्नो बाल्यकाल वा भूतकालमा  आफूले भोगेका अनुभवहरू सम्झेर बैराग महसुस गरेका प्रसंग सुन्दर रहेको बताए । कृतिमा प्रेमको उत्कर्ष र त्यसको स्वरूप प्रस्तुत भएको उनको भनाइ थियो ।

‘हर्मन हेस्सेले सिद्धार्थमा बुद्ध दर्शनलाई पृथक तरिकाले हेर्ने दृष्टिकोण राखेका छन्, निर्वेदका लेखकले पूर्वीय दर्शनको आडमा पश्चिमा विसंगतिवाद दर्शनलाई एकै ठाउँमा मिसाएर उपन्यास लेखेका छन्, यो विराट विषयलाई रोचक ढङ्गले प्स्तुत उपन्यासमा प्रस्तुत गरिएको छ’, पोख्रेलले भने ।

यस्तै उपान्यासकार शैलेन्द्रले आफूले उठाएको विषयवस्तु नविन र फरक रहेको बताए ।  ‘मैले उठाएको विषय अरू कसैले नलेखेको भएकोले जोखिम उठाएको हुँ,’ उनको भनाइ थियो । यो पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ३ : ३१ बजे

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र